<

 

सर्लाही,०९ गते असार सर्लाही ।

कृषि तथा कृषिजन्य विषय वस्तुलाई सञ्चार माध्यमसम्म पुर्याउने उद्देश्यले सर्लाहीमा दु दिने कृषि पत्रकारिता सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे समन्वय र आमसञ्चार प्राधिकरण मधेस प्रदेशकाे आयोजनामा शुक्रबारदेखि लालबन्दीमा दुई दिने कृषि पत्रकारिता तालीम शुरु भई आज सम्पन्न भएको छ ।

तालिममा राैतहट,सर्लाही गरि विभिन्न जिल्लाका दर्जनौं पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि कृषि विश्वबिद्यालय मधेस प्रदेश सप्तरीका रजिस्टार डा.श्रीभगवान ठाकुरले सहभागीहरू लाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंहले जानकारी गराउनु भयाे ।

साथै ठाकुरले कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि क्षेत्रकाे आवाजलाई पत्रकारिताकाे माध्यमले बुलन्द रूपमा उठाउन आग्रह गर्नु भयाे । आज दाेस्राे दिनकाे सत्रमा सम्बाेधन गर्दै सम्बाेधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव नम्रता सिंहले कृषिलाई प्राथमिकता राखेर काम गर्न सहभागीहरू लाई अनराेध गर्नु भयाे । साथै समाचार संप्रेषण गर्दा सत्य,तथ्य बुझेर प्रकाशन/प्रसारण गर्न अनुराेध गर्नु भयाे ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कृषि लाई पनि प्राथमिकतामा राखेर पत्रकारहरू लाई आग्रह गर्नु भयाे । पत्रकारीतामा कृषि आउनु पर्नेमा जाेड दिनु भयाे । वहाँले मिसन कृषि लिएर किसानकाे मुद्दा उठाउन,किसानकाे कथा समेटन, नकारात्मक तिर बढी नगई सकारात्मक समाचार प्रवाह गर्न अनुरोध गर्नु भयाे ।

सो अवसरमा अनाजका अध्यक्ष किरण आचार्यले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए । साथै उनले कृषि बाट समृद्धि सम्भव रहेकोले यसलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।

मिडिया काउन्सिलका अध्यक्ष कैलास दासले शुक्रबार उदघाटन सत्रलाई सम्बाेधन गर्दै विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै सहभागी पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंह र सुरेश यादवले प्रशिक्षण दिनु भएको थियाे । वहाँहरूले कृषि क्षेत्रकाे दैनिक रूपमा समाचार प्राथमिकता दिन घच्घच्याएका थिए । कार्यक्रमकाे अध्यक्षता गरि रह्नु भएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0