<

 

आरके श्रीवास्तव, रौतहट, ०९ गते असार ।

रौतहटको बागमती नदिमा अलपत्रमा परेका मानिसहरुको शुरक्षाकर्मीद्धारा उद्धार गरिएको छ । शुक्रबार करिब ४ः०० बजेको समयमा जिल्लाको राजदेबी नगरपालिकाको वडा नम्बर ३ चन्डिया स्थितमा ति मानिसहरु गोठालो गएको समयमा बर्षाको कारणले बागमती नदीमा पानीको बहाब

बढेपछि उक्त नदीको बिच भागमा स्थानीयहरु लपत्र परेका थिए । सो घटना बारे थाह पाउन लगतै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेतको संयुक्त उद्धार टोलीले नदीकोबीच भागमा फसेका मानिसहरुलाई आज (शनिबार) विहानको उक्त मानिसहरुलाई उद्धार गरेको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ ।

उद्वार गरिएकोकाे मानिसहरूमा राजदेबी नगरपालिका वडा नं.३ चन्डिया निवासी प्रसाद दासको श्रीमती ५० वर्षीया रामापती देबी, सोही वडाका ललन पटेलको श्रीमती ३७ वर्षीया ललिता देबी पटेल, सोही वडाका ६० वर्षीय बिलास दास (निजको दुई वटा भैसी),

सोही वडाका ५० वर्षीया करणसिला साह तथा सर्लाहीका बलरा नगरपालिका वडा नं.२ जमुनिया बस्ने ६० वर्षीय केसर सहनीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाशंकर यादवले बताएका छन् । उनका अनुसार उद्धार भएका सबैजनालाई आफन्तको जिम्मा लगाइएको बताए । एक जना सर्लाहीका सहनीलाई राजदेवी नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षको जिम्मा लगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0