<

 

आरके श्रीवास्तव,सर्लाही,०८ गते असार सर्लाही ।

कृषि तथा कृषिजन्य विषय वस्तुलाई सञ्चार माध्यमसम्म पुर्याउने उद्देश्यले सर्लाहीमा दु दिने कृषि पत्रकारिता सम्बन्धि अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे समन्वय र आमसञ्चार प्राधिकरण मधेस प्रदेशकाे आयोजनामा शुक्रबारदेखि लालबन्दीमा दुई दिने कृषि पत्रकारिता तालीम शुरु भएको हो ।

तालिममा विभिन्न जिल्लाका ३० भन्दा बढी पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन् । तालिम सुरू हुनु भन्दा पहिला उदघाटन सत्र राखिएको थियाे । जसमा कार्यक्रमकाे अध्यक्षता नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियाे ।

भने प्रमुख अतिथिकाे रूपमा मिडिया काउन्सिल मधेस प्रदेश अध्यक्ष कैलास दास रह्नु भएको थियाे । रिना आलेले सञ्चालन गरेको कार्यक्रममा फाेनिजका अध्यक्ष घनश्याम बलमपाखीले स्वागत मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम ज्ञातअज्ञात शहिदहरूकाे सम्झनामा एक मिनेट मा‌ैन धारण गरिएको थियाे । कार्यक्रमकाे उदेश्य बारे प्रष्ट पार्दै विशिष्ट अतिथि समेत रह्नु भएका आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कृषि लाई पनि प्राथमिकतामा राखेर पत्रकारहरू लाई आग्रह गर्नु भयाे । पत्रकारीतामा कृषि आउनु पर्नेमा जाेड दिनु भयाे ।

वहाँले मिसन कृषि लिएर किसानकाे मुद्दा उठाउन,किसानकाे कथा समेटन, नकारात्मक तिर बढी नगई सकारात्मक समाचार प्रवाह गर्न अनुरोध गर्नु भयाे । सो अवसरमा अनाजका अध्यक्ष किरण आचार्यले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए ।

साथै उनले कृषि बाट समृद्धि सम्भव रहेकोले यसलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।

मिडिया काउन्सिलका अध्यक्ष दासले उदघाटन सत्रलाई सम्बाेधन गर्दै विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै सहभागी पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए । कार्यक्रममा आमसञ्चार प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंह र सुरेश यादवले प्रशिक्षण दिनु भएको थियाे । वहाँहरूले कृषि क्षेत्रकाे दैनिक रूपमा समाचार प्राथमिकता दिन घच्घच्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0