<

रौतहट,असार ०५ गते

रौतहटमा बिधुतिय अपराध न्यूनिकरणको लागि चेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारण अनुरूप ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत प्रहरी निरिक्षक प्रकाश शाहद्धारा मिति २०८०।०३।०४ र ५ गते दुइ दिन सो कार्यक्रम गरिएको हो ।

जिल्लाको रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ०४ स्थित रहेको मुनलाटई एकेडेमी र सोही ठाउँको वडा नम्बर ५ स्थित रहेको माउण्ट एभरेष्ट माद्यामिक बिद्यालयमा अध्यनरत छात्रा र छात्रहरूलाई विधुतिय अपराध न्यूनिकरण र सजाय सम्वन्धमा चेतना मुलक कार्यक्रम गर्नु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0