<

 

भक्तपुर, ४ जेठ

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०८० सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी शिक्षकहरु संलग्न भएका छन् ।

सप्ताहको उदघाटन पहिलो अन्तर्राष्टिय पदक पाउने महिला राष्ट्रिय धावक पुष्पा भण्डारीले गरेकी छन् । उदघाटन कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतले खेलकुद क्षेत्रका विभिन्न विषयमा चर्चा गरे । उनीहरुले पढाईका साथसाथै खेलकुदमा पनि महत्व भएकोबारे चर्चा गरे ।

खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवललगायतका झण्डै दुई दर्जन प्रतियोगिता चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए । उनका अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीहरु गरी झण्डै दुई हजार सहभागी हुन्छन् ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रूपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ७ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0