<

 

काठमाडौं, ३ असार

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन भोलीदेखि काठमाडौंमा हुने भएको छ । आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भोलीदेखि सातौं महाधिवेशन हुने जनाएको हो ।

युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म चल्ने बताएका छन् । उनले नेपाल ट्रेड युनियन कांग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा सम्बद्ध राष्ट्रिय आबद्ध संघको अधिवेशन सम्पन्न भइसकेको पनि बताए ।

महाधिवेशनमा करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने बताइएको छ । असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0