<

 

सरिता श्रीवास्तव,कटहरिया,०३ गते असार

रौतहटको कटहरिया नगरपालिकामा डोम कल्याण कमिटि गठन भएको छ । पालिका स्तरीय डोम समुदायको बुद्धिजीवी तथा अगुवाहरू भेला भइ कमिटि गठन गरेको हो ।

सो नगरपालिकाको वडा नम्बर ५ स्थित कटहरिया बजारमा रहेको विवाह मण्डप भवनमा डोम भेला आयोजन गरि कमिटि गठन गरिएको हो । गठित कमिटिको अध्यक्षमा शम्भू मली,उपाध्यक्षमा नरेश मली,सचिवमा बिगु मली,कोषध्यक्षमा ललीता देवी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मंगरी देवी,नथुनी मली,बिनोद मली रहेको डोम समुदायका अगुवा बिजय मलीले जानकारी गराउनु भएको हो ।

डोम समुदाय विकास केन्द्र रौतहटको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पालिका स्तरीय भएको डोम भेलामा कटहरिया नगरपालिका लगायत अन्य ठाउँबाट आउनु भएका डोम समुदायको मानिसहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0