<

 

ब.स.मञ्जय राम,कटहरिया,असार ०२ गते

रौतहटको कटहरिया नगरपालिकाका बिद्यालय बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू सुनसान देखिएको छ ।

कटहरिया नगरपालिकाले एक सुचना जारी गरि असार ०१ गते शुक्रबार सम्मका लागी पुनः बाल विकास देखि कक्षा १२ सम्म विद्यालय बन्द रहने जनाएको थियो ।

यस अघि जेठ १९ गते देखि २६ गते सम्म कटहरिया नगरपालिकाको सम्पूर्ण सामुदायिक बिधालयहरु बन्द गरिएको थियो ।

यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका छन् गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरुमा बुबा आमा विधार्थीहरुलाई विधालयमा पठाईरहेको छैन । त्यसैले विधालयहरु सुनसान देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0