<

 

आरके श्रीवास्तव,ब.स. फतुवा बिजयपुर,२८ गते जेठ

फतुवा बिजयपुर नगरपालिकाको एक सामुदायिक बिधालयका विद्यार्थीलाई आज झोला वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ मा रहेको श्री माबि बिजयपुरमा अध्यनरक्त कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरुलाइ स्कूल ब्याग वितरण गरिएको हो ।

सो नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आइतवार सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेकी छिन् । श्री मावि बिजयपुरका १ सय ९९ विद्यार्थीहरुलाई झोला वितरण गरिएको प्रधानाध्यापक शंकर यादवले जानकारी गराउनु भयो ।

आफनो नगर स्तरीय व्यक्तीगत बजेट बाट मेयर खातुनले झोला वितरण गर्नु भएको हो । फतुवा बिजयपुरको अन्य सामुदायिक बिधालयमा पनि झोला वितरण गर्ने योजना रहेको उनले बताइन् । शिक्षाको स्तर उकास्न र बिधार्थीहरुलाइ बिधालयमा नियमित गराउने उदेश्यले झोला वितरण गर्न लागेको कार्यवाहक मेयर खातुनको भनाइ छ ।

सामुदायिक विद्यालयका गरीब विद्यार्थीले स्कुल ब्याग अभावमा कापी किताब बोक्न समस्या भएकाले ब्याग वितरण गरिएको उनले जानकारी दिइन् । सो अवसरमा प्रदेश सांसद प्रत्यासी मो.शेराज, कार्यपालिका सदस्य उमाशंकर जयसवाल,समाजसेवी राजा हुसेन,परमेश्वर यादव ,पत्रकारहरु,बिधालयका शिक्षक,शिक्षिका बिधार्थीहरुको उपस्थिती रहेको थियो ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0