<
मंजय राम,ब.स.,कटहरिया,२८ गते जेठ
रौतहटको कटहरिया नगरपालिकाका बिद्यालय बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू थप पाँच दिन बन्द भएको छ ।
कटहरिया नगरपालिकाले आज (आईतवार) एक सुचना जारी गरि असार ०१ गते शुक्रबार सम्मका लागी पुनः बाल विकास देखि कक्षा १२ सम्म विद्यालय बन्द रहने जनाएको हो । यस अघि जेठ १९ गते देखि २६ गते सम्म कटहरिया नगरपालिकाको सम्पूर्ण सामुदायिक बिधालयहरु बन्द गरिएको थियो ।
यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका छन् । भने केहिले बिहान बिधालय सञ्चालनमा राखेका छन् ।
कटहरिया नगरपालिकाले भने ५ दिन अझै बिदा दिएको छ । गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरु बन्द गराउनु परेको छ । विगतका बर्षको तुलनामा रौतहटमा तापक्रम अत्याधिक बढेकोले बालबालिका,अशक्त,बृद्ववृद्धाहरुलाई घर बाहिर ननिस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0