<

 

आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,२६ गते जेठ

रौतहटको उतरी भेग चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर स्थित रहेको खानेपानी संस्थाको आज चुनाव हुने भएको छ । चन्द्रनिगाहपुर खानेपानी संस्थाको आज जेठ २७ गते शनिबार हुने निर्वाचनको लागि सबै तयारी पुरा भएको जानकारी गराईएकाे छ । खानेपानी संस्थाको नेतृत्व चयनको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । किशोर प्रसाद उपाध्याय नेतृत्वको समूह हाँस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

भने लेखनाथ कोइरालाको नेतृत्वमा जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । दुबै जना बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । किशोर प्रसाद उपाध्यायको प्यानल बिहीबार वडा नम्बर ६ का उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् । अर्का उम्मेदवार लेखनाथ कोइरालाको प्यानल बाट पनि उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् ।

चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचन समितिका संयोजक कृति सुवेदीले दिएको जानकारी अनुसार उम्मेदवारहरुले शुक्रवार सम्म प्रचार प्रसार गर्न पाएका थिए । आज शनिवार बिहान ८ बजे देखि ५ बजे सम्म मतदान हुने उनले जानकारी गराए हुन् ।

चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचनमा लेखनाथ कोइराला प्यानलको तर्फ बाट उपाध्यक्षमा विश्वजित बन्जरा,सचिवमा रन्जन कुमार काफ्ले,कोषाध्यक्षमा मरछिया देवी,त्यस्तै सदस्यहरुमा कुल प्रसाद अधिकारी,खड्ग बहादुर न्यौपाने,मुना श्रेष्ठ गौतम,रामचन्द्र सिवाकोटी,नेहरुन नेसा,सत्भामा अधिकारी,त्यसैगरी महिला सदस्यहरुमा जुनकिरी बि.क.,यशोदा भट्टराइ रहेका छन् ।

यता किशोर प्रसाद उपाध्याय प्यानलको तर्फ बाट उपाध्यक्षमा डोलबहादुर ठाडा मगर,सचिवमा अबधेश हरि भट्टराइ,कोषध्यक्षमा बिनिता बखेल,सदस्यहरुमा बृजेश प्रसाद सािह,प्रह्लाद मैनाली,दुर्गा प्रसाद हुमागाइ,रामप्रसाद साह,बलराम सापकोटा,भरत प्रसाद अधिकारी रहेका छन् । त्यस्तै महलिा सदस्यहरुमा रत्ना कुमारी खड्का,कल्पना दाहाल,जानुका तिमिल्सिना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0