<

 

रन्धिर साह, रौतहट, जेठ २६ ।

जिल्ला स्वास्थ्य कार्यलय रौतहटको आयोजनामा जिल्ला स्तरीय बार्षिक समिक्षा एवम योजना तर्जुमा गोष्ठि शुरु भएको छ । आर्थिक बर्ष ०७८।०७९ को समिक्षा र आर्थिक बर्ष ०७९।०८० को योजना तर्जुमा गर्ने गरि २ दिने गोष्ठि शुरु भएको स्वास्थ्य कार्यलय रौतहटका प्रमुख सुरेश यादवले बताएका छन् ।

समिक्षा गोष्ठिमा तीन वटा पालिका स्वास्थ्य सह संयोजक, गैर सरकारी संस्थाका प्रमुख लगायतको सहभागिता रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय गौरका कार्यालय प्रमुख सुरेश यादको अध्यक्षतामा दुई दिनसम्म चल्ने गोष्ठि आजबाट सुरु भएको हो । सो कार्यक्रममा बौधिमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र मौलापुर नगरपालिका गरि तीन वटा पालिकाहरुको स्वास्थ्य सह संयोजकको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा शुभकामना मन्तब्य दिने प्रमुख अतिथि लगायतले गोष्ठिको सफलताको शुभकामना ब्यक्त गरेका थिए । साथै स्वास्थ्य क्षेत्रको मसिनो तरिकाले योजना बनाएर कार्यान्वयन गर्न समेत सुझाब दिएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा जनस्वास्थ्य अधिकृत हरेन्द्र प्रसाद गुप्ताले ५ वर्ष मुनीका बालबालिकाहरुलाई अउचार गर्ने नयाँ प्रोटोकल २०७८ अनुसार शिपको विकास, बाल मृत्युदर, शिशु मृत्युदर र नवजात शिशुमृत्युदर कम गर्ने, रेकोडिंन र रिपोर्टिका क्षमता अभिवृद्धिका लागि, स्वास्थ्य कर्मीले समिक्षा तथा योजना गर्न सक्षमहुनका लागि सो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

उनले भने यसपालि हामीले तीनवटा पालिकाहरुलाई मात्र समावेश गर्न सक्यौँ, अब अगामीदिनमा यो तीनओटा पालिकाबाहेकका पालिकाहरुलाई समावेश गरिने बताए । सो कार्यक्रममा सह स्वास्थ्य कर्मीहरु, जनस्वास्थ्य संयोजक रामजनम प्रसाद यादव, सह सहयोजक राकेशकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0