<

 

बज्जिकाञ्चल,२६ गते जेठ रौतहट ।

होटेल सिया प्यालेस गौरमा जिल्ला स्तरीय महिला जनप्रतिनिधिहरुको संजालमा संयोजकको रुपमा प्रेम कुमारी तिम्लसिना तथा सचिवमा मिना कुमारी बैठा सर्व सहम्त चयन हुनु भएको थियो । माण्डवी रौतहट तथा आईएफईएस द्धारा सँचालित शी लिडस् परियोजना अन्तर्गत महिला जनप्रतिनिधिहरले आफ्ना अनुभवहरू साझा गर्न ,

एकअर्काबाट सिक्न र उनीहरूको समुदाय र राजनीतिमा महिलाहरूलाई असर गर्ने मुद्दाहरूमा सहयोग गर्ने यो प्लेटफर्मले महिला नेतृत्वलाई प्रवर्द्धन गर्न र उनीहरूलाई उनीहरूको समुदाय र राजनीतिमा नेतृत्व भूमिका खेल्न सशक्त बनाउन पनि मदत पुग्ने उदेश्यले निर्वाचित महिला वडा सदस्यहरुको सँजाल निर्माण गरिएको हो।

सँजाल निर्माण कार्यक्रममा गौर, चन्द्रपुर, गरुडा, वृन्दावन, बौधीमाई तथा गढीमाई नगरपालिकाका २५ जना निर्वाचित महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो । जिल्ला स्तरीय सँजालमा हाल १८ वटा नगरपालिकाहरु मध्ये हाल ६ वटा नगरपालिका मात्र समावेश गरिएको भएता पनि अगामी दिनहरुमा सँजाललाई १८ वटै पालिकाहरुमा विस्तार गर्ने लक्ष्य राखिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो ।

यस सँजाल गठनको विशिष्ठ उदेश्य महिलाहरुको नेतृत्व विकास र महिला राजनीतिक मुद्दाहरूको लागि सामूहिक वकालतको लागि पालिका, जिल्ला र प्रदेश स्तरका सँजाल गठन हुने र निर्वाचित महिला वडा सदस्यहरुलाई आफ्ना अनुभवहरू साझा गर्न,

एकअर्काबाट सिक्न, र उनीहरूको समुदायमा महिलाहरूलाई असर गर्ने मुद्दाहरूमा सहयोग गर्न प्लेटफर्म प्रदान रहेको कार्यक्रम सँचालिका तथा प्रशिक्षक पुनम ठाकुरले जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठा,अनुगमन अधिकृत सुविन्द्र कुमार दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सुरेन्द्र राय यादव तथा ममता सिँहको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0