<

 

आरके श्रीवास्तव,रौतहट,जेठ २५ गते
रौतहटको बृन्दावन नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गर्न थालेको छ । प्रत्येक वडाको किसानको लागि धान बिउ खरिद गरी कृषकलाई अनुदानमा बीउ वितरण गराउन लागेको हो । सरकारी फार्म बाट खरिद गरि ५० प्रतिशत अुनदानमा बीउ वितरण हुन लागेको नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बताउनु भयो ।
बृन्दावन नगरपालिकाको कृषकको लागि नेपाली विभिन्न जातका धान बिउ लगायत सोना मंसुली पनि वितरण भइरहेको मेयर कुर्मीले जानकारी गराए । बीउ अनुदानमा दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लाग्ने नगरप्रमुख कुर्मीको भनाइ छ ।

बृन्दावन नगरपालिकाका कृषकले माग गरेअनुरुप धानको बीउ विभिन्न ठाउँबाट बाट खरिद गरी वितरण गर्न लागेको हो । नगरपालिकाले दुई ठाउँमा नगरपालिकाको अस्थायी मुकाम हर्षहा र नगरपालिकाको कार्यालय हर्षहामा कर्मचारी राखि बिउ वितरण गराइरहेको मेयर कुर्मीले बताएका छन् ।

खेती गर्ने वेलामा राम्रो बीउ पाउन धेरै गाह्रो हुन्छ । राम्रो जातको बीउ पाउन सकेन भने लाखौं लाख लगानी गरिएको बाली नष्ट भई खेत बाझो हुने सम्भावना हुन्छ । त्यसैलाई मध्य नजर गरी नगरप्रमुख कुर्मीले कृषिमा आधारित कृषकलाई घरमै उच्च जातिका धानको बीउ उपलब्ध गराएपछि नगरबासीहरू हर्षित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0