<

 

आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,जेठ २५ गते
आर्थिक वर्ष सकिन करिब १ महिना बाँकी छ । यो क्रम नजिकिएसँगै स्थानीय तहहरूले विकास निर्माणका कामलाई तिव्र रुपमा गर्न थालेका छन् । वर्षा लागेपछि आवागमनमा कठिनाइ हुने र नदीजन्य पदार्थको समेत अभाव हुने भएकाले ग्रामीण क्षेत्रमा विकास निर्माणको काम तिव्र रुपमा भइरहेको छ ।

यसै क्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन् । नगर जयसवालले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको साथै, नाला लगायतका कार्य धमाधम गराउन थालेका छन् ।

सो नगरपालिकाको वडा नम्बर ९ रघुनाथपुर (गढिटोल) टोलमा पक्की सडक ढलान कार्यको लागि नगर स्तरीय बजेट बाट १० लाखको लागतमा निर्माण हुने पक्की सडक ढलान कार्यको आज एक कार्यक्रम बिच नगर प्रमुख जयसवालले शिलान्यास गरेका छन् ।

लामो समयदेखी सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर नगर प्रमुख जयसवालले सो गाउँको मुख्य बाटोलाई ढलान गराएका हुन् । सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
सर्वसाधारणहरुलाई आवत जावत गर्न समेत सहज भएको छ । जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको नगर प्रमुख जयसवालले बताएका छन् ।
जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0