<

 

आरके श्रीवास्तव,गरुडा,जेठ २५ गते
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन् । नगर प्रमुख कुर्मीले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको साथै, नाला लगायतका कार्य धमाधम गराउन थालेका छन् ।

सो नगरपालिकाको वडा नम्बर ८ आकडपाथर टोलमा पक्की सडक ढलान कार्यको लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ३० लाख लागतमा निर्माण हुने पक्की सडक ढलान कार्यको आज एक कार्यक्रम बिच नगर प्रमुख कुर्मी र वडाअध्यक्ष रवीन्द्र साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

लामो समयदेखी सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर नगर प्रमुख कुर्मीले सो गाउँको मुख्य बाटोलाई ढलान गराएका हुन् । सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
सर्वसाधारणहरुलाई आवत जावत गर्न समेत सहज भएको छ । जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको नगर प्रमुख कुर्मीले बताएका छन् ।
जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0