
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
मधेस प्रदेशमा आज चैती छठ पर्व मनाइँदैछ । चैत नवरात्री पनि चलिरहेको छ । यसै अवसरमा लाेकतान्त्रिक समाजवादी पार्टीले शुभकामना व्यक्त गरेको छ ।
आज लाेसपाका महासचिव मनिष मिश्रले एक शुभकामना संदेश जारी गर्दै लाेक आस्थाको महापर्व चैती छठ तथा चैत नवरात्री पर्वकाे सुखद उपलक्ष्यमा देशभित्र तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपालीहरूमा लाेसपा नेपाल हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।
चैती छठ पर्वकाे आज मुख्यदिन अस्तउँदाे सूर्यलाई अर्घ दिई मनाइदैछ । व्रतालुले आज षष्ठी तिथिका दिन निराहार व्रत शुरू गरेका छन् । पञ्चमीका दिन बुधबार राति खरना विधि गरेर सख्खरको खीर प्रसादस्वरुप खाएपछि निराहार व्रत शुरू भएको छ ।
आज साँझ नै व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।
छठ पर्व कार्तिक षष्ठी तिथिमा मनाउने भव्य रूपमा मनाउने गरिन्छ ।
