<

 

बज्जिकाञ्चल,गरुडा,चैत २८ गते

नेपाल नेत्र ज्योती सङ्घ रौतहटको सभापतिमा विजय कुमार सिंह दोश्रो कार्यकालकालागि पुनः निर्वाचित हुनुभएको छ । गौर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट वहाँ निर्वाचित हुनु भएको हो । अधिवेशनमा सभापतिकोलागि सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन गराइएको थियो । २ जनाको उम्मेदवारी परेको सभापतिमा ७० मत प्राप्तगरी सिंह निर्वाचित भएको हो ।

वहाँको प्रतिस्पर्धी ज्ञानी राय यादवले २८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको निर्वाचन अधिकृत तथा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले जानकारी दिनुभयो । सङ्घको जिल्ला कार्य समितिको सदस्यहरूमा बच्चा प्रसाद यादव , नवीन कुमार केसरी,शिव मङ्गल साह, , रामेश्वर सिंह राजपुत, अयुद मिया कवारी, राजेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार यादव,नवल किशोर पंडित, उमेश प्रसाद पटेल, संजिव कुमार मल्लिक र महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ, निर्माला श्रेष्ठ उप्रेती लगायतका चुनिएका छन् ।

यसभन्दा अघि आजै एक कार्यक्रम मार्फत साधारणसभा तथा जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो । नेपाल नेत्र ज्योति सङ्घ रौतहटको सभापति विजय कुमार सिंहको सभापतित्व तथा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मार्फत उद्घाटन गरिएको थियो ।

रौतहट एफ एमको समाचार प्रमुख राम विश्वास मुखियाले सञ्चालन गरेको सो कार्यक्रममा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेल, सङ्घको पूर्व जिल्ला सभापति दुर्गा प्रसाद यादव, गौर न पा ५ को वडाध्यक्ष शिव शंकर यादव, वडा नम्बर ८ को अध्यक्ष जनार्दन साह,रौतहट एफ एमको अध्यक्ष रेवन्त झा, नेपाल पत्रकार महासङ्घ रौतहटको सभापति प्रेम चन्द्र झा, मोहन कुमार यादव, पत्रकार शैलेन्द्र गुप्ता तथा आजिवन सदस्यहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0