<
आरके श्रीवास्तव,गरुडा,चैत २८ गते
मेरोमाइक्रोफाइनान्स लघुवित विक्तिय संस्था लि.को आयोजनामा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा आयोजित आज एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ ।
सामाजिक उतरदायित्व अन्तर्गत लघुवितको भूमिका तथा विक्तिय साक्षरता कार्यक्रम गरिएको हो । मंगलवार मेरोमाइक्रोफाइनान्स लघुवित विक्तिय संस्था लिमिटेड शाखा कार्यालय रमपुर्वा,कोल्हवी बारा बाट सञ्चालित विक्तिय कार्यक्रम अन्तर्गत केन्द्र प्रमुख तथा समूह सदस्यहरुलाइ गोष्ठी तथा विक्तिय साक्षरता कार्यक्रम गरिएको हो ।
फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको श्री सरस्वती प्राथमिक बिधालयमा सो कार्यक्रमको आयोजन गरिएको थियो । नगरपालिकाको वडा नम्बर ६,७,८,९,१० र ११ मा रहेको केन्द्रका महिला सदस्यहरुको लागि तालिम दिइएको थियो । सो लघुवितले आफनो ग्राहक सदस्यहरुलाइ एक दिने तालिम दिएको हो ।
कार्यक्रममा वितिय साक्षरता,वितिय सेवाकोे पहुँच,कर्जा सदुपयोगिता,एकल कर्जा सिमाको महत्वको विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा दर्जनौ जना महिला सदस्यहरको सहभागिता रहेको मेरोमाइक्रोफाइनान्स लघुवित विक्तिय संस्था लिमिटेड शाखा कार्यालय रमपुर्वा,कोल्हवीका शाखा प्रबन्धक राजकिशोर प्रसाद यादवले जानकारी गराउनु भयो ।
सो अवसरमा अतिथीहरु वित्तीय संस्थाका विभागीय प्रमुख सेर बहादुर गुरुङ्ग,अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहा,वडा अध्यक्ष नितेश चौधरी,इप्रका फतुवा बिजयपुरका प्रहरी निरिक्षक अरविन्द कुमार साह,शाखाका लेखापाल शैलेन्द्र कुमार चौधरी,कर्मचारीहरु संजय कुशवाहा,चन्दन प्रसाद चौरसिया,प्रमोद कुमार कुशवाहा,
रामशिोर प्रसाद कुशवाहा सहितका विभिन्न केन्द्रका १ सय ३६ महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले विक्तिय संस्थाको अवस्था र वर्तमान परिवेश सम्बन्धमा आ–आफ्नो भनाइ राखका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0