आरके श्रीवास्तव,राैतहट,२८ गते कार्तिक ।
राैतहटकाे माैलापुर नगरपालिका वडा नम्बर ५ पताैरामा रहेको
ब्रहमबाबा मन्दिर एवम् बुढियामाई मन्दिरको उदघाटन गरिएको छ । मौलापुर नगरपालिकाको लगानीमा निर्मित ब्रहमबाबा मन्दिर एवं बुढियामाई मन्दिरको समुद्घाटन नगरप्रमुख रिनाकुमारी साह द्वारा एक भव्य समारोहका बीच सम्पन्न भएको हाे ।
ब्रहमबाबा निर्माण समितिका सचिव एवं मन्दिरका प्रारूप निर्माणकर्ता राम ईशवर साहको अध्यक्षता एवं नगरप्रमुख साहको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा उपप्रमुख नागेन्द्र प्रसाद यादव,नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पतौरा गाउँका भद्र भलादमी, समाजसेवी,कलश यात्री एवं ब्रहमबाबा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
मौलापुर नगरपालिकाद्वारा आर्थिक वर्ष २०७८।७९ मा रु ७ लाखबाट सो ब्रह्म स्थानको कम्पाउन्ड वाल एवं जग्गा विकासका कार्यहरूबाट प्रारम्भ भएको, त्यसै गरी आर्थिक वर्ष २०८०।८१ मा नगरपालिकाबाट रु. २० लाख विनियोजन भई ब्रह्म बाबा मन्दिरको निर्माण कार्य सम्पन्न भएको, आर्थिक वर्ष २०८१।८२ मा ९ लाख ५० हजार विनिोजन भई अधुरो कम्पाउन्ड वाल निर्माण कार्य सम्पन्न भई थप अपुग बजेट विनियाेजन भई रंगरोगन, विद्युतीकरण एवं मन्दिर परिसरमा इन्टरलकिङ ब्लक बिछाउने आदि कार्य पूर्ण रूपमा सम्पन्न भई आज औपचारिक हिसाबले मन्दिरको उद्घाटन कार्य सम्पन्न भएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराउनु भएको हाे ।
माैलापुरका हाकिम साहले भने-‘विश्वमा सुन्दर मन्दिरहरूको कुनै कमी छैनन्। तर स्थानीय स्रोत, साधन एवं सिपको प्रयोग गरी स्थानीय तह द्वारा निर्माण भएको मन्दिरहरू एवं संरचनामा यो मन्दिर उत्कृष्टहरु मध्ये एक रहेको छ। ‘