ओम प्रकाश यादव
कार्तिक २७ गते, रौतहट।
रौतहटका अन्य जनप्रतिनिधिले आफूलाई मात्र फाइदा हुने विकास निर्माणका काम गरिरहेका छन् तर माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले जनतालाई प्रत्यक्ष फाइदा हुने विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाइरहेका छन्।
माधवनारायण नगर प्रमुख यादवले नगरमा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम तीव्र गतिमा अगाडि बढाएका छन्।
माधवनारायण नगरपालिका-६ माधोपुरमा रहेको माध्यमिक विद्यालयमा मेयर यादवले दुई तलाको आठ कोठे नयाँ भवन निर्माण गराएका छन् ।
वर्षौंदेखि माध्यमिक विद्यालय माधोपुरमा भवन अभावका कारण विद्यार्थीहरुलाई पठन पाठनमा समस्या हुँदै आएको अवस्थालाई मध्यनजर गर्दै मेयर यादवले नगरपालिकाको ७२ लाखको लागतमा अत्याधुनिक डिजाइनको शौचालय सहितको दुई तल्ले आठ कोठे भवन निर्माण गरेका हुन् ।
नगरपालिकाकै लागतमा यस अघि प्रयाप्त कोठा भएको दुई तल्ले दुईवटा नयाँ भवन निर्माण गरिसकेको उनले बताए।
नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठन पाठन गर्न अब सहज भएको मेयर यादवले बताए ।
त्यस्तै मेयर यादवले माधोपुरमै माधव नारायण नगरपालिका कार्यालयको प्रशासकिय भवनको समेत निर्माण कार्य तीब्र गतिमा अगाडि बढाएका छन्।
पालिकाको आफ्नै प्रशासकिय भवन नहुँदा भाडाको घरमा सञ्चालनमा रहेको छ। तर मेयर यादवले करोडौंको लागतमा पालिकाको प्रशासनिक भवन निर्माण गराइरहेका छन्।
तीन तल्ले निर्माण भइरहेको भवनको दुई तल्लाको छत ढलान कार्य सम्पन्न भैसकेको र अब माथिल्लो तलाको मात्र छत ढलान हुन् बाँकी रहेको छ।
आउँदो वैशाखमा पालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने र वैशाख देखि आफ्नै भवनबाट सेवा प्रदान गर्ने कार्यक्रम रहेको मेयर यादवले बताए।
माधोपुरको जीर्ण अवस्थामा रहेको स्वास्थ्य चौकी भवनलाई भत्काएर मेयर यादवले सुविधा सम्पन्न नयाँ दुई तल्ले भवन निर्माण गराइसकेका छन्।
अबको केही दिनमा सो स्वास्थ्य चौकी भवनबाट प्रसूति गृहको सेवा उपलब्ध गराउने तथा सो प्रसूति गृहको लागि आवश्यक सामग्री खरिद गरिसकिएको उनले बताए।
त्यसतै गरिव परिवारका छोराछोरीलाई विवाह गर्दा सहज र सहयोग पुग्ने उदेश्यले माधोपुरमा करोडौंको लागतमा विवाह मण्डप भवन निर्माण गराइरहेका उनले बताए।
कृषकहरुलाई खेतिबारी गर्न सहज होस भन्ने उद्देश्यले खेत खेतमा बिजुली बत्ती र सिँचाइको सुविधा उपलब्ध गराउन आफू प्रयासरत रहेको उनले बताए।
पालिकाको हरेक वडामा यसरी विद्यालय, स्वास्थ्य चौकी, मठ, मन्दिर, बाटो, नाला, सामुदायिक भवन, बर्थिङ सेन्टर, विवाह मण्डप भवन लगाएत भौतिक पूर्वाधार विकास निर्माणका कार्य तीब्रताका साथ अगाडी बढाइएको मेयर यादवले बताए।
मेयर बैजनाथ प्रसाद यादवले निर्वाचित भएको छोटो समयमै आफ्ना चुनावी प्रतिवद्धता अनुसार नगरमा एकपछि अर्को जनमुखी कामहरू अगाडि बढाएपछि नगरवासी निकै हर्षित भएका छन्।
जनताको इच्छा, आकांक्षा र चाहना अनुसारको विकासको कामहरू अगाडि बढाएर मेयर यादवले आम जनताको मन जित्न सफल भएका छन्।
विगतका जनप्रतिनिधिले पाँच वर्षको कार्यकालमा गर्न नसकेको काम मेयर यादवले चुनाव जितेको साढे दुई वर्षमा गर्न सफल भएका छन्।
आफूलाई विश्वास गरी जनताले दिएको अमूल्य मतको एक एक मूल्य चुकाउन आफू तयार रहेको उनले बताए।
जनताले आफू प्रति गरेको विश्वासमा आघात पुग्न नदिने गरी आफू काम गरिरहेको उनले जनाए ।
आफूले पाँच वर्षमा गर्ने कामको २०८४ मा हुने निर्वाचनमा जनताले आफैं विचार गर्ने उनले धारणा राखे।
आफू कम् बोल्ने र बाढी काममा ध्यान दिने गरेको बताउँदै मेयर बैजनाथ प्रसाद यादवले आफूले गर्ने हरेक काममा सबैलाई साथ दिन आग्रह गरे।
सबै दलका नेताले साथ दिए आउँदो २०८४ सम्म माधव नारायण नगरपालिकालाई समृद् र विकसित एवं एक नमुना नगरपालिका बनाएर छाड्ने उनले दावी गरे ।