<
आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ,रौतहट ।
मधेशमा कुस्ती खेलप्रति क्रेज बढदै गएको छ । रौतहटको कटहरियामा कुस्ती क्रेज दुइ दिनदेखि जारी छ ।
प्रायः जसो लागने हरेक मेलामा कुस्ती अनिवार्य रुपमा हुने गरेको छ । अहिले दशैंको अवसर पारेर रौतहटको कटहरियामा दुइ दिनदेखि कुस्ती प्रतियोगिता चलिरहेको छ ।
जसमा हजारौं संख्यामा मानिसहरु कुस्ती खेल हेर्न आएका छन् । बल र बुद्धिको खेलको रूपमा चिनिने कुस्ती खेलप्रति सर्वसाधारणको क्रेज अझै कायम छ । मधेसका विभिन्न जिल्लामा खेलाइने कुस्ती खेलमा दर्शकहरूको हुने बाक्लो उपस्थितिले यसलाई पुष्टि गर्दछ ।
दशैंको अवसर पारेर जिल्लाको गरुडा,कटहरिया लगायतका ठाउँहरुमा कुस्ती प्रतियोगिता भएको छ । जसमा नेपाल र भारतका चर्चित पहलमानहरुको सहभागिता रहेको छ । नेपालका प्रसिद्ध कुस्ती खेलाडी देवा थापाका भाइ लक्की थापा समेत सहभागी छन् ।
कटहरियामा भइरहेको कुस्ती प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै भारतका ३२ जना खेलाडी आएका छन् । यस्ता कुस्ती प्रतियोगिताले मधेसको कुस्ती खेलको सम्मान बढाएको सर्वसाधारणहरु बताउँछन् । उक्त प्रतियोगितामा स्थानिय खेलाडीहरुले पनि आफनो कला प्रस्तुत गरेका छन् । मधेस प्रदेशका अन्य जिल्लामा पनि कुस्ती प्रतियोगिता हुँदै आएको छ ।
कुस्ती खेल हुँदा दुई–चार हजार दर्शक सजिलै पुग्ने गरेकोले मेला तथा बजार लगाउन कुस्ती खेल अनिवार्यजस्तै रहेको रौतहटका पुराना कुस्ती खेलाडीहरूको भनाइ छ । कुस्ती खेलप्रति दर्शकको आकर्षण अत्यधिक रहेको कटहरियाका मोमताज राय भाटको भनाइ छ ।
नेपालको कुस्ती खेलमा पनि मधेसकै खेलाडीको वर्चस्व रहने गरेको छ । गाउँघरबाट कुस्ती अभ्यास विस्तारै लोप हुँदै गएको भए पनि कुस्ती क्रेज सबै उमेर समूहमा उस्तै रहेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1