Oplus_131072
<

उत्तम कुमार उपाध्याय,राैतहट, २६ असोज । 

रौतहट–रौतहट स्थित प्रहरी गस्ती टोलीले एकथान बिदेशी अटोमेटिक पेस्तोल र गोली सहित एकजना मानिस लाई पक्राउ गरेको छ ।

रौतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले दिनु भएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही ६ कर्कच कर्मैया गाउँका ५६ बर्षीय भोला राय यादव रहेका छन्। अभियुक्त यादवको साथ बाट अटोमेटिक पेस्तोल मेड ईन युएसए लेखिएको ,अर्को साईडमा अटो पिस्टल ९ एम एम ९ राउण्ड लेखिएको  पेस्तोल १ थान , मैग्जिन १ थान र ९ एम एमको  गोली– २ थान र  सर्ट गनको गोली जस्तै देखिने ४  राउण्ड  बरामद भएको छ ।

बरामद हतियार गोली सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई अनुसन्धान भईरहेको एसपि घिमिरेले बताउनु भएको छ ।

घटना बिवरण अनुसार  देवाही गोनाही ६ कर्कच स्थित दुर्गा पुजाको अवसरमा मेला लागेको थियो। मेला सुरक्षार्थ ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्स्पेक्टर कमल कुमार लुङ्गेलीको कमाण्डमा खटिएको गस्ती टोलीले स्थानिय बिल्टु यावदवको छोरा  भोला राय यादवलाई शंका लागी चेक जाँच गर्दा निजको साथ बाट उक्त हतियारहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

यता सोही गाउँ कर्कच कमैयाका पूर्व गाविस अध्यक्ष ईश्वरी लाल यादवका भतिज राजु यादव भने आरोपी भोलाले पूर्व गाविस अध्यक्ष ईश्वरी लाललाई टार्गेट बनाएको तर उनी फेला नपरेपछि शुक्रबार राति मेलामा आफूलाई प्रहार गरेको गोली नपड्किँदा उनी पक्राउ परेको बताए । ‘गएराति साढे १० बजे अभियुक्त भोलाले मलाई निशाना बनाएर सोही पेस्तोलले गोली प्रहार गरेको थियो । तर दुवै राउन्ड नपड्किएपछि मेलाको सुरक्षामा गएको प्रहरी टोलीलाई घटनाबारे जानकारी गराउँदा प्रहरीले १ किलोमीटर लखेटेर पक्राउ गरेको हो,’ यादवको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0