<

प्रेमचन्द्र झा
अशाेज ०१
राैतहट । गरुडा नगरपालिका वडा नम्बर ८ को दलित तथा गरिब बस्तिको विचमा पर्ने यो बाटो नगर प्रमुख कन्तमणी जयसवालले जानी जानी नबनाएको स्थानियले आरोप लगाएका छन ।

सो बाटो बनाउन पटक पटक नगर प्रमुख जयसवाललाई पटक पटक आग्रह गरेपनि नबनाउने गरेको शेख पांचुले बताए । बाटो खराब भएका कारण पैदल यात्री , बढि उमेरका बुढाबुढी र कम उमेरका स्कुले बाल वालिकलाई जान समस्या भएको उनले बताएका छन ।

यो बाटो भएर नगर प्रमुख जयसवाल हप्तामा कम्तिमा ३/४ पटक आवत जावत गरे पनि किन बनाउनु हुन्न उनिहरुले प्रश्न गर्दै पछि आफै जवाफ पनि दिए हामी गरिब दलित छाै त्यही भएर हाम्रोबाटो वहांको प्राथमिकतामा नपरेको स्थानिय हरि महराले आरोप लगाएका छन।

गरुडा नगर पलिकाले पछिल्लो आर्थिक बर्ष ०८०/८१मा नगरको ९ वटै वडाको सडक मर्मत ,ढलान र ग्राभेलमा नगरपालिकाले छ कराेड रुपैयां खर्च गरेको ईन्जिनियर संजय यादवले बताए ।
हामीले नगरपरिषदबाट पारीत योजना कार्यान्वयणको चरणमा काम गर्ने गरेको बताए । सो सडक योजना छनाैटमा परेमा आवश्य कार्यान्वयन गर्ने दाबी गरे ।

सो वडाका वडा अध्यक्ष वशिष्ठ यादवसंग वडाको मेन बाटो नै बन्दैन के गर्नु हुन्छ त्यत्राे बजेट भनेर साेध्दा हामी कहाँ छैन त्यस्तो बजेट। वडाको वजेट २० लाख छ शिक्षा – स्वास्थ्य सहित धार्मिक मठ मन्दिरमा पुजापाठ मर्मत र चन्दा दिदै पुग्दैन के गरु ।

वडा अध्यक्ष यादवसंग नगर स्तरीय कार्यक्रम बाट सडक किन नबनाएको भनेर सोध्दा नगर स्तरीय बजेटमा आफुसंग विना कुनै सल्लाहको मनमानी ढंगले नगरप्रमुख जयसवालले योजना छनाैट गर्ने गरेको आरोप लगाए ।

यश वडाको मुल सडकको कचहरी र मुसहरी टोल आगाडीको सडकबाट पैदल आबत जावत गर्ने निकै कठिनाई भएको वडा अध्यक्ष यादवले बताए ।

यश वडा सहितका सडक मर्मतका लागि नगरपालिकाका नगर प्रमुख जयसवाल आफनै निगरानीमा ७ लाख बराबरको ग्राभेल कुन बेला खसाए आफुलाई थाहा समेत नदिएको बताउदै पछि थाहा पाउँदा मेरो आग्रहमा ३/४ टेलर खसाउन भनेपछि नगर प्रमुख जयसवालले वेवास्ता गरेको वडा अध्यक्ष यादवले आरोपल गाएका छन । नगर प्रमुख जयसवालसंग यसबारे जानकारी लिन खाेज्दा फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0