<

राैतहट,०१ गते असाेज ।
नेपाल विश्वकर्मा लाेहार संघकाे सम्मान कार्यक्रम सम्पन्न भएको छ । राैतहट गरूडा नगरपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध शिवनगर महादेव स्थानमा आज विश्वकर्मा पुजा तथा संघकाे सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा भाषा आयाेगका अध्यक्ष डा.गाेपाल ठाकुर रह्नु भएको थियोे भने विशिष्ट अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका पूर्व भाैतिक पूर्वाधार मन्त्री कृष्णा यादव र मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव उर्फ जितेन्द्र रहनु भएको थियोे ।

संघका अध्यक्ष डा.रामाशंकर ठाकुरकाे अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालककाे भूमिका विवेक शर्माले निर्वाह गर्नु भएको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काँग्रेसका मधेस प्रदेशका सभापति समेत रहनु भएका पूर्व भाैतीक पूर्वाधार मन्त्री कृष्णा यादवले विश्वकर्मा मन्दिरका बिगतमा पनि बजेट उपलब्ध गराएको र आउने दिनमा प्राथमिकतामा राखि मन्दिर व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै अर्थमन्त्री यादवले पनि कृषि लगायतका क्षेत्रमा पनि विशेष जाेड दिएर कार्यक्रम ल्याइने बताएका थिए ।

कार्यक्रममा लाेहार जातिका जेष्ठ नागरिकहरू लाई पनि सम्मान गरिएको थियोे भने अतिथिहरूलाई पनि सम्मान पत्र र कदरपत्रले सम्मान गरिएको थियोे । त्यस्तै लाेहार जातीका बिद्यार्थीहरू जसले राम्रो गरेका छन् उनीहरूलाई पनि सम्मान गरिएको थियाे ।

कार्यक्रममा रक्तदानकाे आयाेजना गरिएको थियोे । जसमा ६ जना रक्तदान गरेका थिए । हरेक वर्ष संघले यसैगरि नै रक्तदान कार्यक्रम आयाेजन गर्दै आएकाे छ । कार्यक्रममा वक्ताहरूले विश्वकर्मा पुजाकाे दिन अर्थात् असाेज ०१ गते सार्वजनिक विदा दिनु पर्ने माग राखेका थिए ।

साे अवसरमा गरूडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादव,रेडक्रस साेसाईटिका महामन्त्री धर्मेन्द्र सिंह,गाैर नगरपालिकाका पूर्व उपमेयर किरण ठाकुर,सुविसु गरूडाका प्रमुख सुनिल ठाकुर,शिक्षक साेनेलाल ठाकुर लगायत लाेहार समुदायका सयौं संख्यामा मानिसहरूकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रममा स्वागत मन्तव्य हरदेव ठाकुरले राख्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0