आरके श्रीवास्तव,राैतहट,२६ गते भदौ ।
राैतहटकाे गुजरा नगरपालिका वडा नम्बर १ को श्री आधारभूत बिधालय मनहर्वामा चार/चार कोठाकाे दुई वटा भवन उदघाटन भएको छ । नगर प्रमुख सन्तलाल चाैधरीले एक कार्यक्रमका बिच गत भदौ २४ गते उदघाटन गर्नु भएको हाे ।
गुजरा नगरपालिकाले शिक्षा क्षेत्रमा सराहनीय कार्य गर्दै गईरहेकाे छ । साे नगरपालिकाले सामुदायिक बिधालयहरूकाे भाैतिक संरचना सुधार गर्न कम्मर कसेर अगाडि बढिरहेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४६ लाख र नगर स्तरीय याेजनाकाे ४६ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे साेमबार एक कार्यक्रमका बीच नगर प्रमुख चाैधरीले उदघाटन गर्नु भएको शिक्षा शाखा प्रमुख शिव मंगल साहले जानकारी गराएका हुन् ।
साे बिधालयमा आठ काेठाकाे भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने भएको छ । गुजरालाई शिक्षाको हब समेत बनाउन शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे नगरप्रमुख चाैधरीले बताए ।
साे अवसरमा गुजरा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत बिनाेद जयसवाल,शिक्षा संयाेजक शिवमंगल शाह,प्रअ रामबिलास प्रसाद साह,विव्यस अध्यक्ष रामचन्द्र चाैधरी लगायत शिक्षक-शिक्षिका, छात्रछात्रा,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूकाे उपस्थिति रहेकाे थियाे ।