<

 कटहरिया,१९ गते भदौ ।
गर्मीबाट बच्न राैतहटकाे कटहरिया नगरपालिकाकाे एक बिधालयमा आज पंखा सहयोग गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर १ बडेडवामा रहेकाे श्री प्राथमिक बिधालयमा सेलिङ्ग पंखा वितरण गरिएको हाे ।

कटहरिया नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य मनाेज कुमार जयसवालले आफनाे व्यक्तिगत लगानीमा साे पंखाहरू उपलब्ध गराएका हुन् । एक कार्यक्रमका बिच साे बिधालयका प्रधानाध्यापक रामअयाेध्या यादवलाई ६ वटा पंखा तार बाेड सहित प्रदान गरेका हुन् ।

गर्मीका कारण बिधालयमा बिधार्थीहरू लाई पढन कठिन भईरहेकाे थियाे । साेकाे मध्यनजर गरि उनले पंखा उपलब्ध गराईदिएका हुन् । पछिल्लो समय केहि दिनदेखी मधेसमा दिउँसो अत्यधिक गर्मी बढेकाे छ ।

गर्मीबाट उकुस मुकुस भईरहेका बिधार्थीहरू अब उपरान्त राहत पाउने भएका छन् । साे अवसरमा यूवा नेता चन्देश्वर प्रसाद यादव,शिक्षक,शिक्षिका,बिधार्थीहरूकाे उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0