<

राैतहट,१९ गते भदौ ।
राैतहटमा श्रोत नखुलेको रकम सहित मानिस पक्राउ परेकाे छ । पक्राउ पर्नेमा भारत जिल्ला सितामढी, थाना बैरगनिया वडा नम्बर ११ बस्ने अन्दाजी बर्ष १८ को सत्यम भन्ने अनिकेत राज रहेका छन् ।
बुधबार बिहान १० बजे जिल्ला सदरमुकाम गौर स्थित वडा नम्बर १ स्थित सडक खण्ड बाट प्रहरीकाे गस्ती टाेलीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले दिएकाे जानकारी अुनसार गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा नेपाल भारत सिमाना नजिक दक्षिण भारततर्फबाट उत्तर नेपालको गौर बजारतर्फ पैदल हिडी आउदै गरेका अनिकेतलाई पक्रेकाे हाे ।
उनी माथि शंका लागि चेकजाँच गर्दा दाहिने पट्टीको पिडुला फुटबल खेल्दा घुँडामा लगाउने एन्कलेट (ईलाष्टिक) ले बाँधी राखेको ५००।- दरको नेपाली नोट रु. ५०,०००।- (पचास हजार), सोही खुट्टामा लगाएको जुता भित्र १०००/- दरको नेपाली नोट रु,१,५०,०००/- (एक लाख पचास हजार) र बाँया पिडुलमा एन्कलेट (ईलाष्टिक) ले बाँधी राखेको ५००।- दरको नेपाली नोट रु. ५०,०००।–(पचास हजार) सोही खुट्टामा लगाएको जुता भित्र १०००/- दरको नेपाली नोट रु,१,५०,०००/- (एक लाख पचास हजार) गरी जम्मा नेपाली रुपैयाँ रु,४,००,०००/- (चार लाख) र दाहिने पट्टीको अगाडीको खल्तीबाट सैमसंग कम्पनीको स्क्रिनटच मोबाईल थान-१ समेत लुकाई छिपाई राखी ल्याएको अवस्थामा फेला परेकोले हाे ।

उक्त रकमको आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र मोबाईल सहित पक्राउ परेका अनिकेत राजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0