<

आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ । 

राैतहट- कम भोल्टेजको समस्या भोगिरहेका सितलपुरबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुसी दिएको छ । चरम गर्मीको दिनमा घरभित्र पनि गर्मीले यातना दिइरहेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे निरन्तर पहलमा स्थानीयबासीलाई खुसी प्राप्त भएको हो । वडा अध्यक्ष यादवले विद्युत प्राधिकरणसहित सरोकारबाला हरेक व्यक्ति र कार्यालयमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् । उनकाे पहलमा साे वडामा दुई वटा ट्रान्सर्फमर जडान भएको छ ।

साे वडाका वडाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए । अब उपरान्त उक्त समस्या बाट छुटकारा पाउने भएका छन् ।

सितलपुरमा शनिबार नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै खुसी भएको स्थानीय महेश यादवले बताएका छन् । उनले भने,पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नका लागि सजिलो भएको यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0