<
ओम प्रकाश यादव/आरके श्रीवास्तव भदौ ८ गते, रौतहट ।
रौतहटको मौलापुर नगरपालिका-६ स्थित रहेको माध्यमिक विद्यालय पथराबुधरामको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा विवेक यादवको प्यानल बिजयी भएका छन् । चार जना सदस्य पदका लागि हिजो शुक्रबार भएको निर्वाचनमा विवेक यादव ३६२ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका छन । यादवका निकटतम प्रतिद्वन्द्वी भुपेन्द्र जयसवालले ५ मतले मात्र पराजित भएका छन । जयसबाल कुल ३५७ मत प्राप्त गरेका हुन । त्यस्तै यादवको प्यानलबाट उम्मेदवारी दिएका मनोज ठाकुर, सीता कुमारी देवि र रमिता देवि निर्वाचित भएकि छन् । ठाकुर ३५४ मत ल्याएर निर्वाचित भएका छन भने सीता देवि पनि ३५४ र रमिता देवि ३५२ मत प्राप्त गरि बिजयी भएका छन । भुपेन्द्र जयसवालको प्यानलबाट उम्मेदवारी दिएका ठाकुरका निकटतम प्रतिद्वन्द्वी रिकेश्वर यादव ३४३, सिमा देवि ३४२ र सीता कुमारी देवि पनि ३४२ मत ल्याएर पराजित भएकी छन् । जयस्वालले ३५७ मत प्राप्त गर्दा विवेक यादवले उनी भन्दा ५ मत बढी अर्थात ३६२ मत प्राप्त गरि ५ मतले जित हाशिल गर्न सफल भएका छन । पथराबुधराम माध्यमिक विद्यालयको व्यवस्थापन समितीको नयाँ नेतृत्व चएनका लागि हिजो शुक्रबार बिहान ७ बजेदेखी मतदान भएको थियो भने अन्तिम मत परिणाम राती नै सार्वजनिक भएको थियो । निर्वाचनमा यादव र जयस्वाल पक्षबिच निकै कडा प्रतिस्पर्धा भएको छ । निकै कम मतान्तरले जित हार भएकोले चुनावमा दुबै पक्षका उम्मेदवारहरु एकले अर्कालाई कडा टक्कर दिएको देखिन्छ । निर्वाचनबाट चार जना सदस्य चुनिएको छ ।
यी चारजना बाट नै कोहि एकजना अध्यक्ष बन्ने छन । निर्वाचित चार जना सदस्यमध्ये विवेक यादव अध्यक्ष बन्ने निस्चित जस्तो नै छन् । निर्वाचन हुनुभन्दा एकदिन अघि केही पत्रकारहरुले स्थलगत रिपोर्टिङ गर्दा विवेक यादवकै प्यानल जित्ने आक्लन गरेका थिए । सोही अनुसार अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1