<
ओमप्रकाश यादव/आरके श्रीवासतव,राैतहट,०६ गते भदौ
राैतहटकाे माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा रहेको श्री माध्यमिक बिधालयकाे बिधालय व्यवस्थापन समितिकाे चुनावलाई लिएर अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
साे बिधालयकाे व्यवस्थापन समितिकाे निर्वाचन यहि भदौ ०७ गते शुक्रबार बिहान ७ बजे देखि हुँदैछ । निर्वाचनकाे लागि एकदिन मात्र बाँकि समय रहँदा उम्मेदवारहरू अन्तिम प्रचारप्रसारमा लागेका छन् । चारजना सदस्य पदका लागि हुन लागेको निर्वाचनमा विवेक यादव र भूपेन्द्र जयसवालकाे प्यानल चुनावी दाैडमा रहेका छन् ।
दुवै प्यानल आ-आफना पक्षमा मत माग्न निकै व्यस्त रहेकाे देखिन्छ । यस अघिका बिधालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूले बिधालयकाे रकम व्यापब अनियमितता गरेकाे,लुट मच्चाएको लगायतका गतिविधिका कारण आजित भएका मतदाता वा अभिभावकहरूले यसपटककाे निर्वाचनमा समाजसेवी विवेक यादवकाे प्यानललाई विजयी गराउने मनस्थितिमा रहेको देखिएको छ ।
बिधालयमा भएको भ्रष्टाचार र अनियमितता लाई राेक्न तथा बिधालयकाे शैक्षिक अवस्थालाई व्यापक सुधार गर्न अधिकांश अभिभावकहरूले विवेक यादवकाे प्यानललाई अत्यधिक मतका साथ विजयी गराउने मुडमा रहेको देखिएका छन् । स्थलगत रिपोर्टिङ गर्दा अधिकांश मतदाताहरूले आफूहरूले यादवकै प्यानलका पक्षमा मतदान गर्ने बताएका छन् ।
करिब ८० प्रतिशत मतदाता यादवकाे प्यानललाई नै जिताउने पक्षमा रहेको देखिन्छ । आम मतदाताकाे व्यापक साथ र समर्थन रहेको कारण यसपटककाे श्री मावि पथराबुधरामकाे बिधालय व्यवस्थापन समितिकाे निर्वाचनमा विवेक यादवकै प्यानल बहुमत सहित चुनाव जित्ने पक्कापक्की जस्तै नै रहेको छ ।
चुनावकाे लागि मात्रै एक दिन मात्रै बाँकि रहँदा अभिभावकहरू यादवकै पक्षमा खुल्न थालेका छन् । मावि पथराबुधराममा अन्य बिधालय भन्दा धेरै आम्दानी स्राेत रहेको कारण सबैकाे ध्यान केन्द्रित रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1