<

 

आरके श्रीवास्तव,राैतहट,जेठ १४ गते ।

बाढि ,डुवान र कटानकाे उच्च जाेखिममा रहेका राैतहटमा सामुदायिक विपत प्रतिकार्य तालिम अभ्यास मनसुन-३ शुरु भएको छ ।नेपाली सेना विरदल गणको आयोजनामा तालिम शुरु भएको हो । विरदलगण गाैरका गणपति गंगा बहादुर विष्टले प्रवचन गरि तालिमको शुभारम्भ गराए ।

नेपाल प्रहरी ,सशस्त्र प्रहरी, गाैरनगरपालिका नगर प्रहरी , रेडक्रस तथा विभिन्न समाजिक संस्थाका स्वयंसेवक गरि सय जनाको सहभागिता रहेकाे छ ।

वीर दलगण गाैरको कार्यालय पुरेनवा दरबारमा भई रहेको सो तालिम नेपाली सेनाका विपत तथा उद्वारमा खटिसकेका अनुभवीहरुले प्रशिक्षण दिई रहेका छन । सो तालिमको कार्यक्रम अनुसार १९ गते बरहवा ताल गाैरमा संयुक्त अभ्यास गरि तालिमकाे प्रमाणपत्र वितरण भई समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0