<

 

राैतहट,जेठ १४ गते

आफुमाथी लगाएको आरोप झुठा, भ्रामक गल्त,मिथ्या र कपाेकल्पित रहेको वृन्दावन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ भेडिहर उर्फ मदन पालले बताएका छन् । आईतवार दिउँसो उनले आफ्नो निजि निवास धमौरामा पत्रकारहरु संग कुराकानी गर्दै आफुमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको वडा अध्यक्ष पालकाे भनाइ छ । यसरी गलत हल्ला फैलाई आफ्नो चरित्र हत्या गर्न खोजने त्यस्ता ब्यक्तिहरुलाई कार्यवाही गर्न उनले माग गरेका छन् ।

ती महिलाले लगाएको आराेपकाे वडा अध्यक्ष पालले खण्डन गरेका छन् । उनले भनेका छन् कुनै संस्था सँग लिएकाे ऋण कुनै पनि व्यक्तिले मिनाहा गराउने प्रावधान नै छैन् । त्यसलै उक्त आराेप गलत हाे । रह्यो मुद्दा मिलाई दिने । मेराे जानकारीमा ती महिलामाथि कुनै मुद्दा नै छैन् । जब मुद्दा नै छैन् भने त्याे कसरी मिलाई दिने हाे । याे आराेप पनि गलत हाे ।

ऋण मिनहा र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमाैराकी एक महिलालाई वडा अध्यक्ष पालले यौंन प्रस्ताव गर्ने गरेको ती महिलाको आरोप मिथ्या र गलत रहेको र षड्यन्त्र रचि आफुलाई बदनाम गराउन खोजेको वडा अध्यक्ष पालले बताए ।

उनले भने महिलाले आफुमाथि अनैतिक कामको आरोप लगाएको सरासर गलत रहेको छ । मेराे बुझाईमा ती महिला कसै द्वारा सञ्चालित रहेकी छिन् । राजनीतिक व्यक्तिकाे आडमा संचालित रहेको वडा अध्यक्ष पालको अरोप रहेको छ । घटनाकाे बारेमा वडा अध्यक्ष पालले सत्य,तथ्य छानबिन गरि दाेषीलाई कार्यवाही गर्न माग गरेका छन् ।

उनले भनेका छन् मलाई जुन कलंकित पार्ने काम भएको छ । त्याे एकदमै गलत हाे । यस्ताे कसैसँग हुनु हुँदैन । वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमाैराकी एकल महिला लाई यौंन प्रस्ताव गर्ने गरेको ती महिलाले आरोप लगाएकी हुन् । जुन भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0