<

प्रदीप कुमार दास, रौतहट । ज्येष्ठ १४ गते

राष्ट्रिय तत्मा समाज नेपाल महोत्तरीको जिल्ला अधिवेशन महोत्तरी गाउँपालिकामा अवस्थित मडई बजारमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशन कार्यक्रम सोनेलाल दासको अध्यक्षता तथा राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय अध्यक्ष रामअशिष दास तत्माको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा खुल्ला सत्र सम्पन्न भई बन्द सत्रबाट ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

महोत्तरी जिल्लाको दोस्रो अधिवेशन सम्पन्न भई अध्यक्ष पदमा उमेश दास तत्मा , उपाध्यक्ष सरिता देवी दास ,सचिव पदमा सन्दीप दास तत्मा लगायत ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको केन्द्रीय अध्यक्ष राम आशिष दासले जानकारी गराएका हुन् । कार्यक्रममा प्रदेश भरिका केन्द्रीय प्रधिकरीहरु लगायत महोत्तरी जिल्लाको तत्मा स्वाजातिय बन्धुहरुको पनि उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय बरिष्ठ उपाध्यक्ष झगरु दास तत्मा, उपाध्यक्ष सिकीन्द्र दास , राम ईश्वर दास, राजदेव दास, महासचिव शंकर दास तत्मा, प्रवक्ता रामप्रित दास,सिराहा जिल्ला अध्यक्ष धनेश्वर दास , सदस्य बिनोद दास लगायत विभिन्न केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैबीच , राष्ट्रिय तत्मा समाज नेपालको हकमा प्रचार प्रसारको काम निस्वार्थ रूपले गर्दै तत्मा समाज नेपालको गरिमा बढाउँदै आएकोले शिलादीप अनलाइन खबर प्रालि रौतहटका अध्यक्ष एवं पत्रकार प्रदीप कुमार दासलाई केन्द्रीय अध्यक्ष दासले माला ,टीका र खाँदा ओढाई कदर पत्रसमेत दिई अधिवेशनकै अवसर पारेर सम्मान गरिएको महासचिव शंकर दास तत्माले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0