<

आरके श्रीवास्तव,रौतहट,जेठ १४ गते
रौतहट । बिभिन्न कारणले पत्रकारितामा सक्रिय नरहेका पत्रकारहरुले नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानलाई स्वागत गर्दै महासंघको सदस्यता परित्याग गर्ने क्रम शुरु भएको छ । रौतहटमा पनि महासंघको सदस्यता परित्याग गर्ने क्रम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव एवम् साधारण सदस्य राजेन्द्र कुमार क्षेत्रीले महासंघको शुद्धीकरण अभियानलाई सहयोग गर्दै आफनो सदस्यता परित्याग गरेका छन् ।
क्षेत्रीले शनिबार पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झालाई आफूले सदस्यता परित्याग गरेको पत्र बुझाएका हुन् ।

क्षेत्रीले आफू पत्रकार महासंघ रौतहट शाखाको साधारण सदस्य रहेपनि वर्तमान अवस्थामा पत्रकारितामा समय दिन नकेको हुनाले महासंघको सदयस्ता शुद्धीकरण अभियानलाई सफल बनाउन सहयोग गर्दै आजकै मितिदेखि लागूहुने गरी सदस्यता परित्याग गरेको पत्रमा उल्लेख गरेका छन् ।
उनले पत्रमा लेखेका छन् महासंघको स्थापना कालदेखि सदस्यता रहँदै विभिन्न वि.स.२०६४ सालमा जिल्ला सचिव समेत भइ नेपाल पत्रकार महासंघको हितमा र श्रमजीवी पत्रकारहरुको हकहितमा आवाज उठाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखाको भवन निर्माणमा सफल भूमिका खेलेको कुरा पनि उल्लेख गरेका छन् ।

सदस्यता परित्याग गरेका क्षेत्रीलाई महासंघले सम्मान सहित बिदाई गर्ने महासंघ रौतहटका अध्यक्ष झाले बताउनु भएको छ । उनले भनेका छन् महासंघका पूर्व सचिव क्षेत्रीको यो कदम सराहनिय छ । यसको पति प्रशंसा गरेपनि कमै हुन्छ । यस्तै किसिमले अन्य पेशामा लागेकाहरुले पनि स्वस्फूर्त तरिकाले महासंघको शुद्धीकरण अभियानलाई सहयोग गरिदिए सहज हुने थियो ।

अझै थुप्रै दोहोरो भूमिकामा रहेकाहरूलाई स्वयं इमान्दारिताका साथ मार्ग प्रसस्त गरिदिन महासंघ रौतहट अध्यक्ष झाले आग्रह गरेका छन् ।

अध्यक्ष झाले सरकारी जागिरमा रहेका, विभिन्न संघसंस्थामा आबद्ध भएका, राजनीतिक दलको कार्यकर्ता भएर बसेकाहरूलाई महासंघको यस शुद्धीकरण अभियानलाई सहयोग गर्न विनम्रतापूवैक आग्रहसमेत गरेका छन् ।

यता पूर्व सचिव क्षेत्रीले राजिनामा दिएको कुरालाई रौतहटका सञ्चारकर्मीहरु बिच चर्चाको विषय बनेको छ । उनको राजिनामाले रौतहटमा सदस्यता शुदीकरण सफल हुने सवैले विश्वास व्यक्त गरेका छन् । पत्रकार महासंघको सदस्य रहेका तर पत्रकारिता नगरिरहेकालाई राजिनामा गर्न प्रेरित समेत गरेको एक पत्रकारले वताएका छन् ।
पूर्व सचिव क्षेत्रीको राजिनामाको विषयमा महासंघ रौतहटका पूर्व अध्यक्ष रविन्द्र साहले भनेका छन्,“ स्वागतयोग्य मित्र ,तिमी सदाको लागि एक उदाहरणीय ब्याक्तित्वको रूपमा अमर रहिरहने छौ । ”
महासंघ रौतहटका अर्का पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताले राजिनामा दिएर राम्रो काम गरेको भन्दै सराहना गरेका छन् । बरिष्ठ पत्रकार प्रभात झाले क्षेत्रिको राजिनामालाइ स्वागतयोग्य कदम भनेका छन् ।
प्रेस मञ्च रौतहटका अधयक्ष किशोरी यादवले,“ नेपाल पत्रकार महासंघ रौतहट लाई लामो दिन सम्म सेवा दिनू भएको वापत सम्मान गर्नू पर्यो” भनेका छन् । समाजवादी प्रेस संगठन रौतहटका अध्यक्ष दिनेश यादवले पनि क्षेत्रीको राजिनामालाइ सराहना गरेका छन् ।
पूर्व सचिव क्षेत्रीको राजिनामाको विषयमा सञ्चारकर्मी अखिलेश कुमार यादवले भनेका छन्,“यस्तै पत्रकारिता पेशामा सक्रिय न भएको र अरु पेशामा लागेकाहरुले सदस्यता त्याग गर्यो भने कति राम्रो हुन्थ्यो । ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0