<

राैतहट, ३० गते असार । पहिरोले त्रिशूलीमा गायब भएका रौतहट जिल्लाको परोहा नगरपालिकाका तीन जनाका परिवारलाइ नगर प्रमुखले नगद सहित खाद्यान्न सामाग्री सहयोग सहयोग गरेका छन ।

आषाढ़ २८ गते काठमाण्डूबाट गौर आउदै गरेको गणपति बसमा सवार रहेका परोहा नगरपालिकाका तीन जनाको परिवारलाइ नगरपालिकाको तरफ़ राहत स्वरुप सहयोग उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका २९ नारायणगढ़ मुगलिंग सड़क खण्डको सिमलतालमा काठमाडौबाट गौर आउदै गरेको गणपति डीलक्स त्रिशूली नदीमा खस्दा परोहा नगरपालिका वड़ा नम्बर ४ लौकहा पोखरिया निवासी ओमराज कुमार साह ,वड़ा नम्बर ६ बसंतपट्टी निवासी ऋषि कुमार सिंह र वड़ा नम्बर ९ रामपुर खाप निवासी सिकिन्दर दासको मृत्यु भएकोले मृतक परिवारलाइ तत्काल नगद सहित चेक र खाद्यान्न सामाग्री उपलब्ध गराइएको नगर प्रमुख शेख वकीलले जानकारी दिएका छन ।

बस दुर्घटनामा ज्यान गुमाएका तिनै जनाको परिवारलाइ जनहि ११ हजार नगद , ५० हजारको चेक तथा खाद्यान्न सामाग्री दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफूज आलमले जानकारी दिएका छन ।

राहत सामाग्री चेक तथा नगद हस्तांतरण गर्ने क्रममा नगर प्रमुख शेख वकील , निमित प्रमुख प्रशासकीय अधिकृत ,इंजिनियर दीपेन्द्र यादव , वड़ा अध्यक्ष जवाहर प्रसाद यादव , बिलाश पटेल , कफील अंजुम ,लेखापाल शिवपूजन मंडलको उपस्थति रहेको थियो । बस दुर्घटनामा परी ज्यान गुमाएका प्रति श्रन्दांजलि अर्पण तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोजी कार्यलाइ निरंतरता दिन सरकार संग मांग समेत गरेका छन । मृतकको परिवारलाइ क्षतिपूर्ति समेत उपलब्ध गराउन नेपाल सरकारसंग मांग गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0