<

राैतहट,३० गते असार । एकै गाउँमा चार पदक ल्याउने कुस्ती खेलाडीलाई सम्मान गरिएको छ । राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवालले नगद सहित सम्मान गरेका छन् ।

काहीं कतैको सहयोग बिना आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्ने रौतहटका युवाहरुको समूहमध्ये एकै गाउँका चार जनाले पदक ल्याएका थिए । हालै सम्पन्न मधेश प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा रौतहटमा आएको ६ पदकमध्ये एकै टोलमा चारओटा पदक भित्रिएको छ । रौतहटको गरुडा नगरपालिका ५ लक्ष्मीपुर टोलका चार जना कुस्ती खेलाडीले एकैपटक चारओटा पदक जित्दै इतिहास रचेका छन् ।

कुस्ती खेलाडीहरुले एउटा रजत पदक र तीनओटा काँस्य पदक जितेका हुन् । पदक विजेतामध्ये दुई जना साख्खै दाजुभाइ हुन् । एकै दिन जन्मेका जुम्ल्याहा दाजुभाइले प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा दोस्रो र तेस्रो स्थान ग्रहण गरेपछि अहिले जिल्लामा चर्चाको विषय बनेको छ ।

सम्मान पाउने खेलाडीहरूमा ५७ केजी समूहमा रजत पदक विजेता कृष्णनन्दन यादव,६५ केजी समूहमा प्रदेशमा तेस्रो स्थान प्राप्त गरेका शिवनन्दन यादव,९७ केजी समूहमा काँस्य पदक विजेता होसनारायण यादव र ८६ केजी समूहमा काँस्य पदक विजेता उमाशंकर यादव पनि लक्ष्मीपुर टोलकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0