<

आरके श्रीवास्तव, राैतहट,२८ गते असार । केही दिनदेखि हरेक दिन पानी परिरहेको छ । वर्षाको प्रवृत्ति कस्तो रहेको छ भने चार पाँच घन्टा पानी पर्छ र रोकिन्छ । चार पाँच घन्टा पानी पर्दा पनि केही बेर मात्र हो भारी वर्षा हुने, हैन भने सामान्य वर्षा हुने र सिमसिम पानी परिरहने देखिएको छ । यसले गर्दा रौतहटका खोलाहरु मुख्य रुपमा बागमती, बकैया तथा लमाहामा बाढी त आएको छ तर खोलाको पानीले खोलाको किनारलाई नाघेको छैन ।Open photo मुख्य गरी पहाड र उत्तरी क्षेत्रको जंगलमा परेको पानीले खोलाको सतह बढाएको हो । वर्षाको पानी यति धेरै भइसकेको छ कि खेतमा रोपाईँ गर्न सजिलो होओस् । गैरी खेतहरुमा पानी भरिएको छ तर सबै ठाउँमा रोपाइँको लागि उपयुक्त पानी परिसकेको छैन । खोलामा बाढी आइसकेकोले खोलाको किनारमा रहेका गाउँमा बासिन्दाहरुलाई भने निकै डर लाग्न थालेको छ ।Open photo खोलाको बाढीले किनारको कटान सुरु गरिसकेकोले किनारका बासिन्दाहरुलाई डर लाग्न थालेको हो । बकैया नदीको तटबन्धमा बाढीको पानीको धक्का दिन थालेको छ । बाढीले नदीको किनारलाई काट्दै जाँदा तटबन्ध चर्किन थालेको छ । Open photoतटबन्धलाई बाढीले काटेर लगेपछि गाउँमा बाढीको पानी पस्ने र त्यसले ठूलो क्षति पु¥याउने त्रास मौलापुर र बौद्धिमाई नगरपालिकामा व्याप्त रहेको छ । निरन्तर परिरहेको पानीले खोलामा जसरी बाढीको संकेत गर्दछ, स्थानीयबासीलाई बाढीजन्य क्षतिको त्रासले सताउन सुरु गर्दछ ।Open photo मध्यरौतहटको पश्चिमी रौतहटसित लाइफलाइन बनिसकेको मौलापुरस्थित बकैया नदीको पुल पनि चर्केको देखेर स्थानीय त्रसित बनेका छन् । बिचैमा चर्केको पुलको माथिल्लो भाग चर्केको हो कि तलसम्म चर्केको हो ? प्राविधिक जाँच हुनु जरुरी भएको स्थानीयको भनाइ छ । पुलको अर्धपश्चिमी भागमा चिरा परेको देखिएको छ । तटबन्ध र पुल दुवैमा चिरा परेको देखिएपछि स्थानीयमा गत वर्षहरुको भन्दा बढी त्रास देखिएको छ । पहिलोपटक पुलमा पनि चिरा देखिएको हो । Open photoवर्षाको सुरुमै समस्या देखा परेपछि सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयवासीको माग रहेको छ । पुल र बाँधको निर्माण तथा मरम्मत र यिनीहरुको प्राविधिक पक्षसित सरोकार राख्ने निकायले उचित समयमा ध्यान दिएर मरम्मतको तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह रहेको छ । बकैया नदीको तटबन्धमा चिरा परेपछि रौतहटको सुरक्षा निकायको पनि ध्यान तानिएको छ । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको छ । स्थलगत निरीक्षण गर्दा समस्या तत्काल समाधान गर्नुपर्ने देखिएको नगर प्रमुख साहको भनाइ छ । Open photoनदीमा बाढी बढिरहेको र तटबन्धलाई नोक्सानी पु¥याइरहेकोले सम्भव भएसम्म छिटो मरम्मत गर्नुपर्ने साहको माग पनि रहेको छ । तटबन्धको मरम्मत नगरपालिकाको क्षमता र क्षेत्र दुवै भन्दा माथि रहेकोले यथाशीघ्र बलियो मरम्मतको काम गर्नुपर्ने स्थानीयको माग छ । साथै तटबन्धतिर खोला फर्किरहेकोले खोलाको तीव्र बहाव भएको ठाउँमा बलियो संरचना निर्माण गर्नुपर्ने माग पनि स्थानीयबासीको रहेको छ । विगतका वर्षहरुको भन्दा केही पहिले वर्षा भइरहेको तथा गत वर्षहरुभन्दा बढी वर्षा हुने चेतावनी आइरहेकोले स्थानीयहरुमा अझ बढी त्रास देखिएको हो । तटबन्धको कटान हुँदा दर्जनौँ गाउँमा समस्या पर्ने भएकोले स्थानीयमा त्रास देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0