<

राैतहट,११ गते असार । जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घर तथा पुलको भुक्तानीका लागि पीडितहरु धरनामा बसेका छन् । रौतहटको मौलापुर नगरपालिकाका पीडितहरुले रकमको माग गर्दै धरनामा बसेका हुन् ।Open photo मौलापुर नगरपालिका ६ का लखिन्द्र यादवले प्रदेश सरकारको लापरवाहीका कारण निकै समस्या भएको बताएका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण कार्य अधुरा राखी निर्माण कार्य बन्द गरेको तथा स्थानीय भकुवा खोलामा पुल निर्माण कार्यलाई वर्षौँदेखि रोकेको बताएका छन् । प्रदेश सरकारको कामले सयौँलाई घरमा बस्न समस्या भएको तथा दुई गाउँलाई आवतजावतमा पनि कठिनाइ भएको स्थानीयको भनाइ छ । स्थानीय संघर्ष समिति गठन गरी प्रदेश सरकारविरुद्ध धरना दिन सुरु गरेका छन् । अधुरा घरहरु निर्माण हुनुपर्ने, घरको भुक्तानी हुनुपर्ने तथा भकुवा खोलामा निर्माण अलपत्र पारिएको पुलको पनि निर्माण सम्पन्न गर्नुपर्ने माग राखी स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।Open photo स्थानीयवासीको माग जायज भएकोले आफूहरुले ऐक्यबद्धता जनाउँदै धरनालाई समर्थन गरेको आम जनता पार्टी (आजपा) का महासचिव अमर साहले बताएका छन् । गरिबहरुको घरमा बस्न पाउनुपर्ने अधिकारलाई प्रदेश सरकारले कुन्ठित पारेको आरोप आजपा महासचिव साहको रहेको छ । भकुवा नदीमा करिब दश वर्ष पहिले निर्माण सुरु भएको तर आधा निर्माण भएपछि रोकिएको बताउँदै लखिन्द्र यादवले पुलको निर्माणको लागि विभिन्न कार्यालयमा पटक पटक धाएको भए पनि कतैबाट कुनै सुनुवाई नभएको बताउँछन् ।Open photo पूर्वाधार कार्यालय, जिल्ला समन्वय समिति लगायत विभिन्न कार्यालयहरुमा बारम्बार धाएर पनि कुनै प्रगति नभएको, पहिले नै पटक पटक काम सम्पन्न गर्न ज्ञापनपत्र बुझाइसकेको भए पनि कुनै प्रगति नहुँदा बाध्य भएर आन्दोलन गर्नु परेको यादव बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0