<

राैतहट,११ गते असार । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत कार्यालय नगई चन्द्रनिगाहपुरमा बसेर चेक काट्ने गरेको भन्दै जनप्रतिनिधिहरुले विरोध गरेका छन् ।Open photo प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधान फतुवा विजयपुर नगरपालिकाका नियमित रुपमा नबसी हप्ताको एक दुई दिन पुगेर चन्द्रपुरमा रहेको डेरामा बसी कार्यालय संचालन गर्ने गरेका छन् । पटक पटक फतुवा विजयपुर नपाको हाकिम बनेका प्रधानले नगरको बजेट अधिवेशन गराउन सकेका छैनन् । जनप्रतिनिधिबिच फुट ल्याएर पटक पटक हाकिम बनेका प्रधान कटहरिया नगरपालिकाका पनि हाकिम हुन् । दुई नगरपालिका सम्हाले पनि कुनै नगरपालिकाको कार्यालयमा नबसी प्रधान चपुर डेराबाटै दुई नगरपालिका हाकिरहेका छन् । कटहरिया नगरपालिकाको कार्यालयमा पनि प्रधान नआउँदा स्थानीयमा असन्तुष्टि बढेको छ । कटहरिया नगरपालिकाको पनि सबै काम प्रधानले चपुरबाटै गर्दै आएका छन् ।Open photo काम गराउन हाकिम प्रधानले चन्द्रपुरमा राखेको कोठासम्म नै नगर प्रमुखहरु पुग्ने गरेका छन् । फतुवा विजयपुर नगरपालिका ९ का वडाध्यक्ष राकेश यादवले कार्यवाहक नगर प्रमुख अम्बेया खातुनसित मिलेर सम्पन्न नभएको कामको पनि बिल र भरपाई मिलाएर चेक काट्ने काम गरिरहेको आरोप लगाएका छन् । कावा नगर प्रमुख, हाकिम र लेखापाल मिलेर कामै नगरी गुपचुपमै कैयौ योजनाको बजेट सिध्याइसकेको आरोप वडाध्यक्ष यादवले लगाएका छन् । वडाध्यक्ष यादवले नगरबासीले कावा नगर प्रमुख खातुन र हाकिम प्रधानको कामको भन्डाफोर गरी आन्दोलन गर्नुपर्ने जरुरी भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0