<

रौतहट,११ गते असार । रौतहटको पिप्रा पोखरियामा बर्थिङ्ग सेन्टर निर्माण हुने निश्चित् भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ८ कम्पाउण्ड वाल निर्माणका कार्य सुुरु भएसँगै बर्थिङ्ग सेन्टर निर्माण हुने पक्का भएको हो ।Open photo सो वडाको पिप्रा पोखरिया र बलुआ टोलको ठिक बिचमा पर्ने उक्त ठाउँमा पर्खाल निर्माणको लागि आज देखि बिधिवत् रुपमा सुुरु गरिएको हो । उक्त ठाउँमा बर्थिङ्ग सेन्टर निर्माणका लागि पहिले कम्पाउण्ड वाल बन्न लागेको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी गराएका हुन् । त्यसको लागि स्थानिय समाजसेवी जोतनारायण यादवले हिन्दू धर्मशास्त्र अनुसार पूजापाठ गरि काम सुुचारु गराएका हुन् । Open photoउक्त ठाउँमा बन्ने बर्थिङ्ग सेन्टरको घेराबेराका लागी पर्खाल निर्माण सुरु भएको छ । चारैतीरबाट पर्खाल निर्माण हुनेछ । दुुइ वटा गेट सहितको १३० मिटर लम्बाई,६ फिट उचाई र १० इञ्च चौडाई रहेको पर्खाल निर्माणको काम उपभोक्ता समितिले सुरु गरेको हो । कटहरिया नगरपालिकाको नगर स्तरीय योजना बाट नगर प्रमुख अजय प्रकाश जयसवालले उपलब्ध गराएको ४५ लाख बजेटमा निर्माण हुन लागेको हो ।Open photo सो कम्पाण्ड वालको २०८१ असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको वडा अध्यक्ष शाहले जानकारी दिनुभयो । शाहका अनुसार कम्पाण्ड वाल निर्माण हुने चरणमै बर्थिङ्ग सेन्टर निर्माणका लागि शिलान्यासको काम हुने बताए । सो वडामा बर्थिङ्ग सेन्टर नहुँदा स्थानियहरुलाइ सास्ती खेप्नुु परेको थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ । बर्थिङ्ग सेन्टर निर्माण हुने भएपछि स्थानियहरु हर्षित भइ वडा अध्यक्ष शाहलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0