<

रौतहट १० गते असार । राैतहटमा बहिनीको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका छन । पक्राउले उनलाई पक्राउ गरेको हाे । आइतवार बिहान रौतहट को परोहा नगरपालिका वडा न. ८ नरकटिया टोल बस्ने बर्ष २२ का दिपेन्द्र कुमार रामले आफ्नै बहिनी बर्ष २० की तेतरी कुमारी रामलाई घरायसी विवादको कारण आवेशमा आई बाँसको मुङग्रोले टाउँकोमा प्रहार गर्दा तेतरी कुमारी राम गम्भिर घाईते भएको र बिरगंज स्थित नारायणी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ । पक्राउ परेका दिपेन्द्र कुमार रामलाई ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी एलिजा गिरी ले जानकारी दिएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0