<

राैतहट,१० गते असार । रौतहट जिल्लाको परोहा नगरपालिकाले आगामी आर्थिक बर्षमा धुवा मुक्त नगरपालिका घोषणा गरिने भएको छ । परोहा नगरपालिकाको सोमबार भएको आठौ नगर सभामा आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शेख वकीलले नगरपालिका भित्रका सवै घरपरिवारलाइ निशुल्क रुपमा ग्यास सहित चुलो बितरण गरी कार्तिक मसान्तमा धुवा मुक्त नगरपालिका घोषणा गरिने प्रतिवद्धता जनाएको छन । नगरपालिकाको प्रत्येक वड़ाका कमतीमा ५० जना गरीव असहायलाइ प्रति महीना १० किलो चामल नगरपालिका बाट उपलब्ध गराउने घोषणा गरिएको छ । आश्रय नभएका व्यक्तिलाइ संघ ,प्रदेश ,र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने योजना समेत ल्याएका छन । आषाढ़ १० गते भित्रमा स्थानीय पालिकाले आगामी आर्थिक बर्ष को बजेट ल्याइनु पर्ने क़ानूनी प्रावधान अन्तर्गत आयोजना गरिएको नगर सभामा ४८ करोड़ ४४ लाख १९ हजार १ रुपैयाको बजेट प्रस्तुत गरिएको हो । दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरबासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन । आगलगीको उच्च जोखिम रहेकोले आगामी आर्थिक वर्षमा बारुण यन्त्र खरीद गर्ने समेत घोषणा गरिएको हो । प्रस्तुत गरिएको निति तथा कार्यक्रममा कृषि ,शिक्षा ,स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिइएको छ । १६ वटा बिद्यालयको भौतिक पूर्वाधारको विकास निर्माणको कार्यलाइ अगाडी बढाउने लक्ष्य लिइएको छ । सस्थागत विकास , भौतिक पूर्वाधार बिकास सामाजिक विकास ,सांस्कृतिक ,परम्परा ,धार्मिक स्थलको संरक्षण , किसानको लागि बैज्ञानिक खेतीको लागि सहयोग , जेष्ठ नागरिकको लागि सेवा सुविधा प्रबाहलाइ चुस्त दुरुस्त बनाउने कार्यमा जोड़ दिएको छ । निति तथा कार्यक्रममा बढ्दै गएको जलबायु असरलाइ न्यूनीकरण गर्न बृक्षा रोपण गर्ने कार्यलाई प्राथमिकताका साथ सवैलाइ बृक्ष लगाउन प्रत्साहन गर्ने निति लिइएको छ । जनताको लागि सहजरूपमा स्वास्थ्य सेवा , स्तरीय शिक्षाको विकासमा जोड़ दिइएको छ । आधुनिक तथा बैज्ञानिक विकासको मध्य नजर गर्दै विज्ञानं प्राविधि अनुसार सवैले जानकारी लिने गरी सुचना प्राविधिको विकास गर्ने जोड़ दिइएको छ । नगर सभामा नगर उपप्रमुख सुगान्धी गिरी , निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफूज आलम , निर्वाचित वड़ा अध्यक्ष तथा कार्यपालिका सदस्य , नगर सभा सदस्य , स्थानीय भर भलादमी ,बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0