<

रौतहट १० असार । भन्सार छली ल्याई राखेको सर सामान सहित २ वटा मोटरसाइकल रौतहट प्रहरीले बरामद गरेको छ ।Open photo सोमबार बिहान प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा गोप्य सुचानाको आधारमा राजदेवी न.पा. वडा न. ८ स्थित रहेको नवल किशोर साहको घर भाडामा लिइ भारत बिहार राज्य लक्ष्पुर बस्ने वर्ष ४५ को निरज जैसवालले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी चेचिस नम्वर MBLHA10CGGHH58919, इन्जिन नम्वर HA10ERGHHA0629, नम्बर प्लेट नभएको कालो रंगको होरो स्पेलेन्डर मोटरसाईकल र चेचिस नम्वर ME4JC36KJC7087981, इन्जिन नम्वर. JC36-72582932 र वा. ५३ प. २१३५को नम्बर कालो रंगको होण्डा साईन मोटरसाईकलमा लोड गरी चामल र मलखाद ल्याई घर भित्र लुकाई राखेको अबस्थामा प्रहरी टोलीले बरामद गरेको छ ।Open photo मोटरसाइकल २ थान, चामल ११ बोरा र युरिया (मलखाद) ३ बोरा गरी एक लाख अर्सड्डी हजार आठ सय बराबरको – सामानहरु बरामद गरी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरेको डिएसपी एलिजा गिरी ले जानकारी दिएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0