<

राैतहट, १० गते असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको १२ औ नगर अधिबेशन सोमबार संपन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिबेशनमा नगर प्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक बर्ष २०८१/२०८२ को लागि ४८ करोड़ १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन ।Open photo जनमुखी स्थानीय सरकार,बिकास र समृद्धिको आधार भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा बिकास व्यवस्थापन ,दिगो बिकास र सुशासनको प्रत्याभूति हुने गरी बातावरण सृजना गरिने लक्ष्य लिइएको हो । जनतालाई बिकासको लाभ उपयोग गर्न सक्षम बनाई जनताको जीवन स्तरमा सुधार ल्याउने उदेश्य सहित ल्याइएको निति तथा कार्यक्रममा आर्थिक बिकास ,सामाजिक बिकास ,पूर्वाधार बिकास ,बातावरण तथा बिपद व्यवस्थापन , सस्थागत बिकास तथा सेवा प्रबाह ,बितीय व्यवस्थापन र सुशासन तरफ खर्च गरिने लक्ष्य लिएको छ ।Open photo प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष यादवले प्रस्तुत गरिएको निति तथा कार्यक्रम अनुरूपको योजनाहरु पारदर्शिताको साथ सवैको सहभागितामा कार्यान्वयन गर्न आग्रह गरेका छन । नगर अधिबेशनमा उपप्रमुख राज कुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ , निर्वाचित वड़ा अध्यक्ष ,कार्यपालिका सदस्य ,नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो । त्यसै गरी राजपुर नगरपालिका , माधव नारायण नगरपालिका , दुर्गा भगवती गाउँपालिका , बृन्दाबन नगरपालिका , गढ़ीमाई नगरपालिका , मौलापुर नगरपालिकाको नगर अधिबेशन समेत संपन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0