<

रौतहट,१० गते असार । रौतहटको देवाही गाेनाही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री जय किसान नमुना माध्यमिक बिद्यालय धरहरीमा बिद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा श्यामनन्दन साहले साेमबार पदभार ग्रहण गरेका छन । बहुमतिय प्रणाली मार्फत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका साहले साेमबार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नु भयो । गएको असार ७ गते बिद्यालयकाे प्राङ्गणमा आयाेजित अभिभावकहरुकाे भेलाबाट अध्यक्षमा साहलाई चयन गरिएकाे थियो । बिद्यालयकाे अध्यक्षका लागि साहकाे नाममा अभिभावकहरु बिच सहमति नजुदा तेस्रोपटक सम्म समेत बैठक स्थगित हुदै आएको थियो । तर गएको असार ७ गते बसेकाे अभिभावकहरुकाे चौथो बैठकबाट बहुमतिय प्रणाली मार्फत बिद्यालय व्यवस्थापन समितिकाे सदस्यमा चार जनाको नाम सिफारिस भएको थियो । सहमतिमै समिति चयन गर्नकाे लागि धेरै प्रयास गरेपनि सहमति नहुदा नेपालकाे शिक्षा एन २०२८ काे दफा १२ (क) बमोजिम अभिभावकहरु मधेबाट बहुमतको अधारमा चौथो अभिभावक भेलाबाट समिति चयन गरिएको थियोे । जिल्ला शिक्षा बिकास समन्वय ईकाई रौतहटका प्रतिनिधी दिपेन्द्र मंडलकाे उपस्थितिमा असार ७ गते श्यामनन्दन साह ,शिवनाथ साह,प्रभा देवी र शाेभा देवीलाई सदस्यमा चयन गरिएको थियो । बहुमतबाट नै चयन गरिएको समितिको सदस्यबाट श्यामनन्दन साहलाई अध्यक्ष पदमा चुनिएका थिए । अध्यक्ष र सदस्यमा चुनिएकाहरुलाई बधाई दिनको लागि साेमबार बिद्यालयमा सम्मान कार्यक्रमकाे आयोजना गरिएको थियोे । सम्मान कार्यक्रम पश्चात् अध्यक्ष साहले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहन गरिसक्दा संचारकर्मी संग कुरा गर्दै अध्यक्ष साहले आफू अध्यक्ष नभई अभिभावकहरुले एउटा सिपाहीकाे रुपमा काम गर्न मौका दिएकोमा सर्वप्रथम अभिभावकहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु भन्नू भयो । साहले आफ्नो तीन वर्षको कार्यकालमा बिद्यालयमा देखिएका विभिन्न खाले समस्यालाई अन्त गर्न कुनै कसर बाकी नराख्ने प्रतिवध्ता जनाउनु भयो । साथै वहाँले बिद्यालयमा समय-समयमै अभिभावकहरुकाे बैठक राखि बिद्यालयमा शिक्षाकाे बिकास बारे छलफल गरिने बताउनु भयाे । सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयाेध्या राय यादव ,देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह उपप्रमुख परनिया देवी पटेल,समाजसेवी भरत पटेल,वडा नम्बर ९ का वडा अध्यक्ष वीर बहादुर साह, वडा नम्बर २ का वडा अध्यक्ष अतिकुल रहमान,४ का रामप्रवेश पटेल,७ का उपेन्द्र राय यादव धरहरीका वडा सदस्य खुबलाल दास,प्रमिला देवी संजाेगिया देवी एकीकृत समाजबादी पाटीका नगर अध्यक्ष बिनाेध पटेल विभिन्न पार्टीका प्रतिनिधि स्थानीय भद्वभलादमी बुद्धिजीवी अभिभावकहरु ,सुरक्षाकर्मी,पत्रकारको समेत उपस्थिती रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0