<

राैतहट,१० गते असार । रौतहटको बौधिमाई नगरपालिकाको नगरसभा बिथोलिएको छ । नगर प्रमुख प्रदीप यादवले एकलौटी गर्न खोजेको भन्दै बहुमत सदस्यले नगरसभा बहिस्कार गरेका छन् । नगरसभा हुन नदिन कार्यालय प्रमुख सन्देश यादवको ठुलो भूमिका रहेको बताइएको छ । Open photoजुन नगरपालिकामा भए पनि कार्यपालिकामा भाँडभैलो मच्चाउने गरेका कार्यालय प्रमुख यादवले नगरसभा सदस्यलाई मिलाउन नसकेको कारण नगर प्रमुख यादव नगरसभामै एक्लिएका हुन् । नगरसभाका ४९ सदस्यहरुमध्ये ३३ जनाले बहिस्कार गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष मणिभूषण साहले नगर प्रमुख यादवले नगरसभा गर्नुृपुर्वका कुनै काम नगरेको र सबै काम एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आफूहरुले नगरसभा वैधानिक किसिमले सम्पन्न गर्नका लागि ३२ जना नगरसभा सदस्यको हस्ताक्षर गरी बुझाएको भए पनि कुनै वास्ता नगरेको कारण बाध्य भएर बहिस्कार गर्नुपरेको बताएका छन् । Open photoबौधिमाई नगरपालिकाका नगर उपप्रमुख प्रमिलादेवी जयसवालले नगरसभा पूर्ण रुपमा अबैधानिक किसिमले सम्पन्न गराउन खोजेको भन्दै आक्रोशित हुँदै ब्यानरसमेत च्यातेकी छन् । नगरसभामा बहुमत सदस्य नरहेको अवस्थामा बलजफ्ती नगरसभा गरेको आरोप लगाउँदै बाध्य भएर हस्तक्षेप गर्नु परेको बताएकी छन् । बोधिमाई नगरपालिकाका ९ वडाध्यक्षमध्ये ५ वडाध्यक्षले बहिस्कार गरेका छन् । विधि र प्रक्रियापूर्वक नगरसभा नगरिए आफूहरुले निरन्तर प्रतिकार गर्ने वडा नम्बर ९ का अध्यक्ष मुक्तिनारायण मिश्रले बताएका छन् । कडा सुरक्षा व्यवस्था गरिएको नगरसभा स्थलमा पत्रकारहरुलाई पनि प्रवेशमा निषेध गरिएको थियो ।Open photo नगरसभा बिथोलिएको विषयमा नगरप्रमुख यादवसित सम्पर्क गर्न खोज्दा नगर प्रहरीले आदेश नभएको भन्दै नगरप्रमुखसित भेट गर्न दिएन । नगरप्रमुख यादवको मोबाइल भने स्वीच अफ थियो । नगरसभाबाट बाहिरिएपछि उपप्रमुख जयसवाल, वडाध्यक्ष र नगरसभा सदस्यहरुले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0