<

राैतहट,१० गते असार । रौतहटको मौलापुर नगरपालिकाले छोटो समयमा अभुतपूर्व प्रगति गरेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् । मौलापुर नगरपालिकाको नगरसभाको सोमवार उद्घाटन गर्दै आम जनता पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका संघीय साँसद साहले गएको सात वर्षमा मौलापुर नगरपालिकाले गरेको प्रगति अन्य पालिकाको तुलनामा निकै बढी रहेको बताएका छन् । Open photoनगरबासीसित कुनै पनि किसिमको कर नलिने गरेको मौलापुर नगरपालिकाले सबै नागरिकलाई बिजुली, पानी तथा अन्य सुविधा निशुल्क दिने गरेको छ । भौतिक विकासको क्षेत्रमा गत सात वर्षमा अभूतपूर्व प्रगति गरेकोमा पूर्वमन्त्री साहले नगरप्रमुख रिनाकुमारी साहको प्रशंसा पनि गरेका छन् ।Open photo नगरसभाका सम्पूर्ण सदस्यहरु एकजुट भएर विकासको काममा निरन्तर जुटिरहेको बताउँदै नगरपालिकाको विकासको चर्चा देशभरमा भइरहेको बताएका छन् । जनताको हातमा नगरको पैसा शिक्षा, बिजुली, स्वास्थ्य तथा पानीमार्फत सोझै हातमा गइरहेको बताउँदै जिल्लाको सबैभन्दा कम बजेटमा पालिकाले गरेको प्रगति अत्यन्त खुसी लाग्ने किसिमको भएको बताएका छन् । मौलापुरको विकास मोडेलबाट देशका अन्य जागरुक पालिकाहरुले सिकिरहेको स्पष्ट पारेका छन् । मौलापुर नगरपालिकाले अनेक चुनौतीको सामना गर्दै गरिरहेको प्रगति गौरवपूर्ण रहेको बताएका छन् । सरकारको अर्थनीति विभेदपूर्ण रहेको पनि साहको आरोप रहेको छ । केन्द्र सरकारले शिक्षक दरबन्दी, बैकको लगानी तथा अन्य क्षेत्रमा पनि विभेद गरिरहेको आरोप पनि साहले लगाएका छन् । Open photoकेही विकास विरोधीहरुले ट्रान्सफर्मर चोरी गरेको, विद्यालयको सामग्री तोडफोड गर्ने गरेको, जनप्रतिनिधिबिच फुट ल्याउन खोजेको तथा विकासको काममा अवरोध गर्न खोजेको बताएका छन् । मधेश प्रदेशमा लगातार दुई कार्यकाल नगरप्रमुखमा निर्वाचित भएकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको नागरिकलाई अनेक सुविधा दिदै आएकी छन् । साहको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नागेन्द्र राय यादवले ३९ करोडको आय व्यय प्रस्तुत गरेका छन् । मौलापुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा जोड दिएको छ । Open photoविद्यालय भवनहरुको निर्माण तथा शिक्षक दरबन्दीसमेतमा नगरपालिकाले ठुलो बजेट खर्च गर्दै आएको छ । सम्पूर्ण बजेटको करिब ४२ प्रतिशत शिक्षामा लगानी गर्दै आएको मौलापुर नगरपालिकाले हरेक वर्ष पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसारमा पनि ठुलो खर्च गर्ने गरेको छ । हरेक वर्ष पुरातात्विक महादेव मन्दिरमा लाखौँ दर्शनार्थी आउने गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सन्तुलित बजेट ल्याएको भन्दै विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0