<

राैतहट,०६ गते असार । रौतहटको दुुइ वटा नगरपालिकाले बजेट ल्याएको छ । बुुधवार कटहरिया नगरपालिकाले बजेट ल्याएको छ भने विहिवार मध्य रौतहटमा रहेको गरुडा नगरपालिकाले बजेट ल्याएको छ । Open photoगरुडा स्थित कलवार धर्मशालाको प्रांगणमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख अजय कन्थमुनी जयवालको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो । “समृद्ध नगरःखुशी नगरबासी” लक्ष्यका साथ नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।Open photo सो नगरपालिकाको ११ औं नगरसभा तथा आठौं बजेट अधिवेशन बाट आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ७० करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभाको प्रमुख अतिथीको रुपमा मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवाल रहनुु भएको थियो ।Open photo गरुडा नगरपालिकाले नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । अधिवेशनमा उपमेयर पुनम देवि चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी थिइन । Open photoनगर सभाबाट यसपालि शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी लगायतलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले स्वागत मन्तव्य राखेका थिए । हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । Open photoतर गरुडा नगरपालिकाले सो समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सो अवसरमा जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0