<
राैतहट,०६ गते असार ।
जनता अवासको भुक्तानीको लागि दलित मोर्चाले तालाबन्दी गर्ने भएको छ । जनता अवास कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा निर्माणाधीन घरहरूको भुक्तानी एबं पथरा बुधरामको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गराउन संघर्ष समिति मौलापुरले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । आम दलित मोर्चाको अध्यक्ष ठागा दास, युवा नेता लखिन्दर यादव, मौलापुर नगर प्रवक्ता चन्देश्वर बैठा, आम दलित मोर्चाको सह-इन्चार्ज बिरचन राम, आजपाको नेता लखिन्दर साह र आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साह लगायत नेताहरुद्वारा बुझाईएको ज्ञापनपत्रमा माग पुरा नभए यही आषाढ ११ गते देखि विकास पुर्वाधार कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरिएकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1